पोखरामा स्थगित मतगणना केही बेरमा शुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले विवादका कारण रोकिएको मतगणना शुरु हुने जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले उजुरी परेको पोखरा वडा नं. १८ को विवाद सम्बन्धमा कारवाही प्रक्रिया अघि बढेको र हाललाई सर्वदलीय सहमतिमा गणना जारी रहेको २२, ३२ र ३३ नं. वडाको गणना कार्यलाई सुचारु गर्न लागिएको जानकारी दिए ।
पोखरा १८ को मतपेटिकामा ९ वटा मतपत्र कम भेटिएपछि एमालेका प्रतिनिधिले मतगणना रोक्न माग गरेका थिए । यसअघि ३१ नं. वडामा पनि ३ मतपत्र कम भेटिएको थियो ।
पोखरा १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएपछि एमालेले पुनः मतगणनाको माग गरेको हो । त्यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कलबहादुर थापा कांग्रेसका शिव तिमिल्सिनासँग ३ मतले पराजित भएका थिए ।
हारजीतको मतान्तर भन्दा बढी मतपत्र नभेटिएपछि आज पुनः गणनाको माग गरिएको र यो स्वभाविक रहेको नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।
पोखराको जारी मतगणनामा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि मध्यान्ह १२ बजेदेखि मतगणना स्थगित भएको थियो । पोखराको २२, ३२ र ३३ वडाको मत गणना भइरहँदा एमालेका प्रतिनिधिले गणनास्थल छोडेर हिडेपछि गणना रोकिएको थियो । नेकपा एमालेले पोखरा १८ र ३१ मा पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनामा कुनै प्रकारको कमजोरी नरहेको जनाउँदै पुनः मतगणना गर्न नसकिने जनाउँदै आएको थियो । यही कारण दिनभर गणना कार्य प्रभावित बन्यो ।
काँग्रेस कार्यकर्ताहरुले मतगणना स्थलको मूलगेट बाहिर मतगणना कार्य तत्काल शुरु गर्नुपर्ने भन्दै मुख्य निर्वाचनको कार्यालय अगाडि नाराबाजी गरे । यस्तै, नेकपा एमालेका कार्यकर्ताहरुले पनि पुनः मतगणनाको माग गर्दै नाराबाजीमा उत्रिएका थिए । प्रहरीले काँग्रेस समर्थक टोलीसँग मुठभेडको अवस्था सिर्जना हुन नदिन एमाले कार्यकर्ताको टोलीलाई जिल्ला समन्वय समिति भवन बाहिरको गेटतिर पठाएका थिए ।
सम्बन्धित खबर
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेशद्वारा ६ साहसी आरोही सम्मानित
यो पनि पढौँ
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
राम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ पुल निर्माण
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त