कपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्रकै अन्तर्घातले चुनाव हारेको स्वीकारेका छन् ।
पोखरामा उपमेयरसहितका नव निर्वाचित जनप्रतिनिधिको विजयी र्यालीलाई सम्बोधन गर्दै उनले भने, ‘सामाजिक सञ्जालमा हाम्रा साथीहरूको कमेण्ट हेरेको छु । तपाईंहरूसँग शिर निहुरार्याएर निवेदन गर्न चाहन्छु, हामीले जुन सफलता प्राप्त गर्न सकेनौँ त्यो हाम्रै कारण हो । कास्की जिल्लाको मतदाता, पार्टी स्थायी कमिटी सदस्यको हैसियतले मैले जे गर्नुपर्ने हो त्यो गरेँ । तर नेतृत्व तहबाटै कमीकमजोरी बाँकी रहे । त्यसमा आत्मआलोचित हुँदै आगामी दिनमा ती कमजोरी नदोहोर्याउने बाचा गर्दछु ।’
उनले निर्वाचित भएका जनप्रतिनिधिलाई ५ वर्ष लाल सिपाहीको रूपमा खडा हुन आग्रह गरे । ‘जो निर्वाचित हुनुभयो, तपाईँहरूले एकजुट भएर ५ वर्ष एमालेको नीति बाहिर गएर पोखरालाई तस्करको पन्जामा नगरपालिका लान कसैले चाहन्छ भने हाम्रा ८६ जना सिपाही खडा हुनेछन् । जवाफ दिनेछन् एमालेको अभियान पोखरा बनाउने हो भनेर,’ उनले भने, ‘तपाईँहरू सबैजना ५ वर्षको मोर्चामा खटिनुहुनेछ ।’
उनले वडा नम्बर १८ र ३१ मा जालसाजी गरेर आफ्ना उम्मेदवारलाई हराइएको आरोप लगाएका छन् । ‘जालसाजी गरेर वडा नम्बर ३१ र १८ मा मतपत्र लुकाएर हामीलाई हराइएको नाटक गरिएको छ । हामी युद्ध मैदानमा फेरि खडा हुनेछौं । हाम्रा मतपत्र जानीजानी लुकाइएको छ,’ भन्छन्, ‘कर्मचारी साथीहरूलाई भन्न चाहान्छौं, तपाईं इमानदार बनेर कसैले १ सिट जित्दैमा त्यसको जीत ठानेर एमालेलाई मिनिमाइज गर्नुभयो । यो हिसाबकिताब एमालेले राखिरहन्छ ।’
उनले गठबन्धनलाई लुटपाट र घुसपैठ गरेर चुनाव जितेको आरोप लगाए । ‘तथाकथित लुटपाट गरेर, घुसपैठ गरेर, एमालेलाई कमजोर पार्ने कोशिसका साथ जितेका भए पनि अरू पदाधिकारीले एमाले बेगर चल्ने दुष्साहस नगरे हुन्छ । हामी लडाईंको मोर्चामा छौं,’ अधिकारीले भने ।
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन