ग्यास बुलेटमा लागेको आगो नियन्त्रणमा, नारायणगढ–मुग्लिन सडक खण्ड खुल्यो

ग्यास बुलेटमा लागेको आगो नियन्त्रणमा, नारायणगढ–मुग्लिन सडक खण्ड खुल्यो

mugling-road

पोखरा । नारायणगढ–मुग्लिन सडकखण्डमा ग्याँस बोकेको बुलेटमा लागेको आगो नियन्त्रणमा आएको छ।

नेपाली सेना, नेपाल प्रहरी र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बुलेटको क्याविन र अगाडिको टायर क्षति भएको छ। बुलेटमा रहेको ग्यास भने सुरक्षित रहेको छ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको यूपी १७ एटी ८६२७ नम्बरको बुलेटमा आज दिउँसो आगलागी भएको थियो।

बुलेटमा लागेको आगो नियन्त्रणमा लिने क्रममा नारायणगढ मुग्लिन सडकखण्डमा सवारी आवागमन रोकिएको थियो।

आगो नियन्त्रणमा लिएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds