काठमाडौँ । स्वास्थ्य मन्त्रालयले मङ्कीपक्स रोगप्रति सचेत रहन आग्रह गरेको छ। विश्वमा मङ्कीपक्स रोग फैलिन थालेको र त्यसबाट नेपाल पनि जोखिममा रहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्कीपक्सका सङ्क्रमित फेला नपरेको बताए । उनले नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताए । यो रोग भाइरसबाट सर्ने सरुवा रोग हो।
कसरी सर्छ ?
सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरुको निम्न कुराबाट सर्छः
- थुक, र्याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित सतह र सामग्री ।
निम्न अङ्गबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छः
- श्वासनली, आँखा, नाक वा मुख, काटिएको, टोकिएको वा फुटेको छाला ।
- वाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलन सक्छ ।
लक्षणहरु के के हुन् ?
- ज्वरो आउनु, सामान्यतयाः ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हत्केला र पैतालामा डाबर देखिनु, टाउको, ढाड र मांशपेसी दुख्नु, शरीरका ग्रन्थिहरु बढ्नु, लक्षण् १४—२८ दिनसम्म रहन सक्छ र सामान्यतया आफैँ हराउँछ ।
सम्भावित जटिलता
- आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, न्यूमोनिया, मस्तिस्क ज्वर, गर्भ खेर जानु र मृत्यु ।
रोकथामका उपायहरु
- मङ्कीपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने ।
- सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने ।
- सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पिपिई लगाउने ।
- घाउसँग प्रत्यक्ष् सम्पर्क हुन्छ भने पञ्जा लगाउने ।
- नियमित रुपमा साबुनपानीले हात धुने ।
- मरेका र बिरामी जनावरको सम्पर्कमा नजाने ।
- सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी र डिटर्जेन्टले धुने ।
- सङ्क्रमितको सम्पर्कमा आएको सतह र स्थान निसङ्क्रमण गर्ने ।
- मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने ।
- फोहोरलाई उचित स्थानमा फाल्ने ।
स्वास्थ्य मन्त्रालयले ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ