मङ्कीपक्सको लक्षण देखिए १११५ मा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

मङ्कीपक्सको लक्षण देखिए १११५ मा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Monkeypox-मङ्कीपक्स

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले मङ्कीपक्स रोगप्रति सचेत रहन आग्रह गरेको छ। विश्वमा मङ्कीपक्स रोग फैलिन थालेको र त्यसबाट नेपाल पनि जोखिममा रहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्कीपक्सका सङ्क्रमित फेला नपरेको बताए । उनले नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताए । यो रोग भाइरसबाट सर्ने सरुवा रोग हो।

कसरी सर्छ ?

सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरुको निम्न कुराबाट सर्छः

  • थुक, र्याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित सतह र सामग्री ।

निम्न अङ्गबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छः

  • श्वासनली, आँखा, नाक वा मुख, काटिएको, टोकिएको वा फुटेको छाला ।
  • वाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलन सक्छ ।

लक्षणहरु के के हुन् ?

  • ज्वरो आउनु, सामान्यतयाः ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हत्केला र पैतालामा डाबर देखिनु, टाउको, ढाड र मांशपेसी दुख्नु, शरीरका ग्रन्थिहरु बढ्नु, लक्षण् १४—२८ दिनसम्म रहन सक्छ र सामान्यतया आफैँ हराउँछ ।

सम्भावित जटिलता

  • आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, न्यूमोनिया, मस्तिस्क ज्वर, गर्भ खेर जानु र मृत्यु ।

रोकथामका उपायहरु

  • मङ्कीपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने ।
  • सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने ।
  • सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पिपिई लगाउने ।
  • घाउसँग प्रत्यक्ष् सम्पर्क हुन्छ भने पञ्जा लगाउने ।
  • नियमित रुपमा साबुनपानीले हात धुने ।
  • मरेका र बिरामी जनावरको सम्पर्कमा नजाने ।
  • सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी र डिटर्जेन्टले धुने ।
  • सङ्क्रमितको सम्पर्कमा आएको सतह र स्थान निसङ्क्रमण गर्ने ।
  • मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने ।
  • फोहोरलाई उचित स्थानमा फाल्ने ।

स्वास्थ्य मन्त्रालयले ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ