पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको विमान आज आइतबार मुस्ताङको लेतेस्थित लार्जुङको खोँचमा दुर्घटनामा परेको छ।
बिहान करिब ९ः५५ मा पोखरा विमानस्थलबाट छुटेको विमानलाई सिनियर पाइलट क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को–पाइलटमा रुकुमका उत्सव पोख्रेल थिए।
फिलिपिन्सबाट अध्ययन सकाएर नेपाल आएलगत्तै तारा एयरमा काम गर्न थालेका उनले काम गरेको पहिलो वर्ष बित्न पाउँदा–नपाउँदै दुर्घटनामा परे। उनी आफ्नो परिवार मात्र नभएर त्यस नगरपालिकाको लागि पनि उदाहरणीय युवा थिए। कारण उनी त्यस क्षेत्रको पहिलो पाइलट हुन्।
करिब एक वर्षदेखि को–पाइलट भएर उडान भरिरहेका उनी आज तारा एयरको विमान दुर्घटनामा परेका हुन्। रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर–३ का उत्सव परिवारका कान्छा छोरा हुन्।
शिक्षण पेशामा आवद्ध उनका बुवाआमा यतिबेला जाजरकोट र दाङमा छन्। उत्सव पाइलट बनेपछि आफू पनि पाइलट बन्ने सपना बुनेर उनका दाजु त्यसैको अध्ययन गर्दैछन्। उनीसहित सो विमानमा रहेका अन्य २१ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
सम्बन्धित समाचारः
जहाजमा अर्का पाइलट बसन्त लामा पनि सवार थिए
पोखराबाट मुस्ताङतर्फ उड्यो सेनाको हेलिकोप्टर
ब्रेकिङ न्यूजः मुस्ताङको लार्जुङ खोँचमा जहाज दुर्घटना भएको पुष्टि
पाेखरा–जाेमसाेम बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ? (नामावली)
सम्बन्धित खबर
पशुपति क्षेत्रमा आजदेखि मासु तथा मदिरा प्रयोगमा रोक
भरतपुरका घर घरमा स्वास्थ्य सेवा, मेयर दाहालद्वारा कार्यक्रमको उद्घाटन
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा
बन्चरो प्रहार गरी श्रीमतीको हत्या
झण्डै ८ किलो अवैध सुनसहित न्युरोडबाट एक जना पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका