गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
लमजुङ । लमजुङमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्नेस्थानमा बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको हो।
मध्यपहाडी लोकमार्गअन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको टिपर दुर्घटना भएको हो।
सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्नेक्रममा टिपर सडकबाट करिब ३० मिटर तल खसेको हो। दुर्घटनामा परि टिपर चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा टिपरका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरे, सोही आयोजनाका सुपरभाइजर अन्दाजी ४५ वर्षीय उत्तम न्यौपाने, अन्य दुई जना अन्दाजी २८ वर्षीय पारस शाह र अन्दाजी २५ वर्षीय रवीन्द्र सेढाई छन्। उनीहरूको नाम खुले पनि ठेगाना भने यकिन नभएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
लमजुङमा डाक्टर कुट्ने वडा अध्यक्ष बस्नेत प्रहरी हिरासतमा
लमजुङमा मोटरसाइकल दुर्घटनामा मनिषको मृत्यु
७६ वर्षीया बृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा बाबुराम पक्राउ
लमजुङमा जीप दुर्घटना हुँदा ९ जना घाइते
लमजुङबाट साँढे चार लाख सहित २२ जना जुवाडे पक्राउ
पोखराबाट राइनास माइत जाँदै गरेकी लक्ष्मीको सिक्री लुट्ने तनहुँका श्याम पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि