मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ । फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ ।
खराब माैसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या देखिएको छ । शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको उद्धारमा खटिएका स्थानीय इन्द्रसिंह शेरचनले बताए । फेला परेका शवको पहिचान भने भइसकेको छैन ।
कोवाङ झारिएका शवको प्रहरीले पोष्टमार्टम तथा मुचुल्का बनाउन थालेको छ । दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो ।
‘फेला परेका शवमध्ये १० वटा तल बस्तीमा झारिएको छ । बाँकी ल्याउने क्रम जारी छ । उद्धारकर्ताले भीरमा बोकेर झार्नुपर्ने भएकोले एकै खेपमा उद्धार सम्भव भएन’ उद्धारमा संलग्न एक सैनिक अधिकारीले भने, ‘तल ल्याइएका शवको मुचुल्का तयार पारी शव काठमाडौं लैजाने योजना छ ।’

सम्बन्धित समाचारः
खराब मौसमका कारण तारा एयरकाे जहाज दुर्घटना भएको प्रारम्भिक निष्कर्ष
विमानमा सवार सबैको मृत्यु, शव संकलन गरिँदै
हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो
विमानका क्याप्टेन प्रभाकरः जो हिमाली उडानमा अनुभवी, परिपक्व र प्रशिक्षक पनि हुन्
विमानका को–पाइलट २५ वर्षीय उत्सव रुकुम चौरजहारी क्षेत्रकै पहिलो पाइलट
जहाजमा अर्का पाइलट बसन्त लामा पनि सवार थिए
पोखराबाट मुस्ताङतर्फ उड्यो सेनाको हेलिकोप्टर
ब्रेकिङ न्यूजः मुस्ताङमा जहाज दुर्घटना भएको पुष्टि
पाेखरा–जाेमसाेम बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ? (नामावली)
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
सम्बन्धित खबर
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश
सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न