चितवन । श्रीमानको शारीरिक यातनाबाट गम्भीर घाइते भएकी चितवन खैरहनीकी गीता माझीको मृत्यु भएको छ।
भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कठार कि ३८ वर्षीया माझीको सोमबार मृत्यु भएको हो।
गत बिहीबार ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले श्रीमती गीताको मलद्वारमा लौरो घुसाएर घाइते बनाएका थिए। घटना लगत्तै प्रहरीले रामचन्द्रलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार गीताको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको र कम्मरको हड्डीसमेत भाँच्चिएको थियो।
उनको हिजो (सोमबार) शल्यक्रिया गरिएको थियो। तर सोमबार राति नै ११ बजेतिर उनको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ।
गीताको मृत्युअघि आरोपिविरुद्ध ज्यानमार्ने उद्योग र बलात्कारको मुद्दा दर्ता गरेर अनुसन्धान भएकामा अहिले मृत्यु भइसकेपछि अब ज्यानसम्बन्धी मुद्दाको प्रक्रियाअघि बढ्ने प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
असोज ४ गतेदेखि १५ दिन पृथ्वी राजमार्ग राति ४ घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु
ट्रक जुध्दा एक चालकको मृत्यु
धादिङ दुर्घटना अपडेटः मृतक ८ मध्ये ६ जनाको पहिचान खुल्यो [मृतक र घाइतेहरूको नाम सहित]
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि