पोखरा । कास्कीको मादी गाउँ कार्यपालिकामा नेकपा एमालेको बहुमत पुगेको छ । मंगलबार महिला सदस्य, दलित वा अल्पसंख्यक सदस्यका लागि भएको मतदानबाट ६ जना निर्वाचित भएसँगै कार्यपालिकामा एमालेको बहुमत पुगेको हो । मादीको गाउँ कार्यपालिका २० सदस्यीय छ । त्यसमा एमालेका ११ जना भएका छन् ।
मंगलबारको मतदानबाट कार्यपालिका महिला सदस्यमा एमालेकी गंगादेवी सार्की, पूर्णसुबा गुरुङ, लक्ष्मी गिरी, सीता परियार र दलित तथा अल्पसंख्यकमा बामदेव भुजेल र वीरबहादुर परियार विजयी भएका छन् । उनीहरुले महिला सदस्यमा गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका जितकुमारी सुनार, पार्वती रानामगर, शुकमाया पराजुली थापा क्षेत्री, नेकपा माओवादी केन्द्रकी उषा थापा र दलित तथा अल्पसंख्यकमा विनोद नेपाली र रामबहादुर चँदारोलाई पराजित गरेका हुन् ।
मादी गाउँ सभामा पनि एमालेको बहुमत छ । गत ३० वैशाखमा भएको चुनावमा उपाध्यक्षसहित एमालेका ३३ र अध्यक्षसहित गठबन्धनका २९ जना निर्वाचित भएका थिए । मादी गाउँपालिका अध्यक्षमा कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ निर्वाचित भएका थिए ।
नेपालको संविधानअनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गाउँ कार्यपालिकाको पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् । त्यस्तै वडाअध्यक्ष स्वतः गाउँ कार्यपालिकाको सदस्य हुन्छन् । मादीमा १२ वडा छन् । त्यसमा ६ वटा कांग्रेस, ४ वटा एमालेले र २ वटा वडा नेकपा माओवादी केन्द्रले जितेको छ ।
निर्वाचित महिला वडा सदस्यबाट चार जना र सोही गाउँका दलित वा अल्पसङ्ख्यक सर्वसाधारणबाट दुई जना कार्यपालिकामा निर्वाचित हुने संविधानमा व्यवस्था छ ।
कार्यपालिकाका जनप्रतिनिधि छनोट गर्न निर्वाचित जनप्रतिनिधि नै मतदाता हुन्छन् । मादीमा गठबन्धनले आफ्ना जनप्रतिनिधिलाई गठबन्धनले आर्थिक प्रलोभन देखाएको भन्दै विरोध जनाएको थियो । एमालेका ३३ जना जनप्रतिनिधि एकढिक्का भएपछि मादी गाउँ कार्यपालिकामा एमालेको बहुमत पुगेको हो ।
गाउँसभामा बहुमत विजयी हुँदा एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेदवार रहेका शिवबहादुर गुरुङ (महेन्द्र)ले कार्यपालिलामा बहुमत नपुगेसम्म अबिर, खादा र माला नलगाउने अठोट गरेका थिए । कार्यपालिकामा बहुमत पुगेपछि मंगलबार नेता-कार्यकर्ताले अबिर, खादा र माला लगाइदिएका थिए ।
सम्बन्धित खबर
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित