पोखराको सिर्जनाचोकमा आमाछोरी आज (बुधबार) मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार सिर्जनाचोक नजिकै जयनेपाल मार्गमा डेरा गरी बस्दै आएकी शुशिला शर्मा खतिवडा र उनकी छोरी सोनिका मृत अवस्थामा फेला परेका हुन् ।
मध्यान्ह पौने १२ बजेतिर चितवन रत्ननगर नगरपालिका १३ घर भएकी ३६ वर्षीया शुशिला झुण्डिएको अवस्थामा फेला परेकी हुन् भने ७ वर्षकी छोरी ओछ्यानमै मृत भेटिएकी हुन् । शुशिलाले पंखाको हुकमा नाईलनको डोरीको पासो लगाई झुण्डिएको र छोरी विस्तारामा मृत अवस्थामा रहेको खबर स्थानीयबाट प्राप्त भएपछि प्रहरीको टोली पुगेको थियो । शुशिलाको माईती भारत रहेको पनि प्रहरीले बताएको छ ।
आमाछोरीको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको र घटनाबारे थप कुरा पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने डिएसपी तिवारीले बताए ।
४० बर्षिय सञ्जु भन्ने संजय शर्मा खतिवडाले आफ्नी श्रीमती सुशिलाले सात बर्षिया छोरी सोनियाको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार दुबैको शव बेडरुम (सुत्ने कोठा)मा भेटिएको छ । बच्चाको शव सलले घाँटी बेरिएकै अवस्थामा भेटिएको थियो । शुरुमा बच्चालाई विष खुवाइएको जस्तो र त्यसपछि सलले घाँटी कसेर मारेको देखिने श्राेत बताउँछ । संजय कामको शिलशिलामा पोखरा बाहिर रहेका बेला घटना भएकाे हाे ।
पोखराको सिर्जनाचोकस्थित लिटिल स्टेप स्कुलमा कक्षा दुईमा पढ्दै गरेकी सोनियालाई संजय र सुशिलाले धर्मपुत्रीको रुपमा पाल्दै आएका आफन्तले बताएका छन् ।
सम्बन्धित खबर
फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च
मणिपाल अस्पताल प्रकरणः प्रहरी पनि चार जना घाइते
संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे ! दोषीमाथि कारबाही नभएसम्म उपचार सेवामा नफर्कने [भिडियो]
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न चीन सहमत
म्याद गुज्रेको सामान बेचेपछि पोखराको मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख जरिवाना
पोखराको मणिपाल र लमजुङ अस्पतालमा डाक्टर कुटिएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि