पोखरा । वर्षौंदेखि अव्यवस्थित रहेको पोखरा बसपार्कमा नाला निर्माणको काम शुरु भएको छ।
गण्डकी प्रदेशका भौतिक विकासमन्त्री कुमार खड्का र पोखराका मेयर धनराज आचार्यले संयुक्त रुपमा नालाको शिलान्यास गरेका हुन्। नालाको शिलान्यास गर्दै मन्त्री खड्काले नाला निर्माणको काम शुरुवात गर्नु नै बसपार्क निर्माणको काम शुरु भएको बताए । ‘यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार छ, उनको भने।’
यस्तै, मेयर आचार्यले यो बसपार्कलाई ३ वर्षभित्र सुविधासम्पन्न सिटी बसपार्क बनाउने र नयाँ पोखरा ३२ लामेआहालमा बनाउने बताए । निर्वाचनका बेला गरिएको बाचा अनुरुप पोखरा प्रवेश गर्ने कोत्रे, ठुलिविँडी र धोलागिरिबाट प्रवेश गर्ने वित्तिकै पोखरा महसुस गर्नेगरी तीन वर्षमा पूर्वाधार बनाइसक्ने आचार्यले दाबी गरे । उनले पृथ्वीचोकमा रहेको बसपार्क र बागलुङ बसपार्कलाई सिटी बसपार्कको रुपमा विकास गर्ने जानकारी दिए । उनले साँझ ६ बजे सिटी बसपार्कबाट हरेक वडाका लागि सर्वसुलभ ढंगले बस चल्ने व्यवस्था महानगरले गर्ने प्रतिवद्धता समेत जनाए ।
यस्तै, पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपर्कबाट नै काम सुरुवात गर्ने प्रतिवद्धता जनाए बमोजिम काम सुरु गरेको बताए । ‘अहिले नाला निर्माणको काम सुरु भएको छ । यसलाई नाला निर्माणको सुरु मात्र नभन्नुहोला । मेयर सावले पनि निर्वाचनका क्रममा भनिसक्नुभएको छ । यो बसपार्क हामी तीन वर्षभित्र कम्प्लिट बनाइसक्छौं । अरु बसपार्क पनि बनाउँछौं उनले भने ।
२०३२ सालमा २०५ रोपनी जग्गा अधिग्रहण भएर पनि अहिलेसम्म पोखरामा स्तरीय बसपार्क बन्न सकेको छैन। विभिन्न समयमा अतिक्रमण हुँदै अव्यवस्थित बसोबास बढ्दा पोखरा बसपार्क अहिले करिब ४० रोपनीमामात्रै खुम्चिएको जानकारहरु बताउँछन् । बसपार्कमात्रै नभर त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी बस्तीको व्यवस्थापन गर्न पनि अहिले महानगरलाई चुनौती छ ।
तस्बिर : सुदर्शन रञ्जित
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु