पोखरा । वर्षौंदेखि अव्यवस्थित रहेको पोखरा बसपार्कमा नाला निर्माणको काम शुरु भएको छ।
गण्डकी प्रदेशका भौतिक विकासमन्त्री कुमार खड्का र पोखराका मेयर धनराज आचार्यले संयुक्त रुपमा नालाको शिलान्यास गरेका हुन्। नालाको शिलान्यास गर्दै मन्त्री खड्काले नाला निर्माणको काम शुरुवात गर्नु नै बसपार्क निर्माणको काम शुरु भएको बताए । ‘यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार छ, उनको भने।’
यस्तै, मेयर आचार्यले यो बसपार्कलाई ३ वर्षभित्र सुविधासम्पन्न सिटी बसपार्क बनाउने र नयाँ पोखरा ३२ लामेआहालमा बनाउने बताए । निर्वाचनका बेला गरिएको बाचा अनुरुप पोखरा प्रवेश गर्ने कोत्रे, ठुलिविँडी र धोलागिरिबाट प्रवेश गर्ने वित्तिकै पोखरा महसुस गर्नेगरी तीन वर्षमा पूर्वाधार बनाइसक्ने आचार्यले दाबी गरे । उनले पृथ्वीचोकमा रहेको बसपार्क र बागलुङ बसपार्कलाई सिटी बसपार्कको रुपमा विकास गर्ने जानकारी दिए । उनले साँझ ६ बजे सिटी बसपार्कबाट हरेक वडाका लागि सर्वसुलभ ढंगले बस चल्ने व्यवस्था महानगरले गर्ने प्रतिवद्धता समेत जनाए ।
यस्तै, पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपर्कबाट नै काम सुरुवात गर्ने प्रतिवद्धता जनाए बमोजिम काम सुरु गरेको बताए । ‘अहिले नाला निर्माणको काम सुरु भएको छ । यसलाई नाला निर्माणको सुरु मात्र नभन्नुहोला । मेयर सावले पनि निर्वाचनका क्रममा भनिसक्नुभएको छ । यो बसपार्क हामी तीन वर्षभित्र कम्प्लिट बनाइसक्छौं । अरु बसपार्क पनि बनाउँछौं उनले भने ।
२०३२ सालमा २०५ रोपनी जग्गा अधिग्रहण भएर पनि अहिलेसम्म पोखरामा स्तरीय बसपार्क बन्न सकेको छैन। विभिन्न समयमा अतिक्रमण हुँदै अव्यवस्थित बसोबास बढ्दा पोखरा बसपार्क अहिले करिब ४० रोपनीमामात्रै खुम्चिएको जानकारहरु बताउँछन् । बसपार्कमात्रै नभर त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी बस्तीको व्यवस्थापन गर्न पनि अहिले महानगरलाई चुनौती छ ।
तस्बिर : सुदर्शन रञ्जित
सम्बन्धित खबर
स्थानीय तह कर्मचारी संठनले बुझायो २७ बुँदे माग राख्दै ज्ञापनपत्र
अनुशासित र इमान्दारितापूर्वक काम गर्न नगर प्रहरीलाई उपमेयर गुरूङको निर्देशन
ईन्टर कलेज ब्याण्ड कम्पिटिशनका दर्शकलाई एनटिसीको सीम निःशुल्क वितरण गरिने
बिरामीको मृत्युपछि पोखरा मणिपालका डाक्टरमाथि हातपात
पर्यटन दिवसमा असोज १० गते लेकसाइडमा सडक महोत्सव हुने
ब्रेकिङ: पोखराको चाउथेबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि