नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युत्को प्रसारण लाइनमा झुण्डिएका पुरूषलाई ८ घण्टापछि उद्धार गरिएकाे छ ।
नेपाली सेनाको तालिमप्राप्त सैनिकहरु टावरमा चढेपछि शनिबार बिहान साढे १० बजेदेखि तारमा बस्दै आएका व्यक्ति साँझ ७ बजे ओर्लिएका हुन् ।
उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा बेलकोटगढी नगरपालिका १३ का माईला भनिने प्रेम बिक शनिबार बिहान ११ बजेतिर चढेका थिए । उनी पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै स्थानीयको खबरपछि प्राधिकरणले उक्त प्रसारण लाइनको बिजुली काटेको थियो ।
बिक तारमा झुण्डिएर हिँडिरहेको अवस्थामा स्थानीयहरूले भिडियो समेत बनाएर सार्वजनिक गरेका थिए । स्थानीयहरूले तयार पारेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा बिकले मानसिक सन्तुलन गुमाएको पनि बताइएको छ । बिक तारमा झुण्डिएको तस्बिर र भिडियो शनिबार दिनभर सामाजिक सञ्जालमा व्यापक रुपमा सेयर गरिएको छ ।
कराेड घाटा
माथिल्लो त्रिशूली थ्री ए अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणलाई एक करोड घाटा भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार करिब ९ घण्टा विद्युत् अवरुद्ध हुँदा एक करोड बढी घाटा भएको छ ।
यसैबीच, ऊर्जामन्त्री पम्फा भुसालले उनको उद्धार गर्न नेपाली सेनालाई आग्रह गरेकी थिइन् । त्यसपछि सेनाकाे टाेली हेलिकप्टर लिएर ककनी पुगेकाे हाे ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ