पोखरा । देशभरको मौसम बदली रही आज मंगलबार केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
अहिले बिहान प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। गण्डकी, बाग्मती, मधेश प्रदेश तथा प्रदेश १ का थोरै स्थानहरूमा मेग गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
मंगलबार दिउँसो प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली बाँकी क्षेत्रमा आंशिक देखि मौसम सफा रहनेछ। प्रदेश नं १ का धेरै, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा मेघ गर्जनरचटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तै, राती प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली तथा बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
नेपालगञ्जमा हिन्दू र मुस्लिमबीच तनाब, स्थानीय प्रशासनद्वारा कर्फ्यू जारी
महिलालाई खाजा खाने भन्दै रेष्टुरेन्टमा लगी करणी गरेको अभियोगमा एक पक्राउ
नेशनल पेमेन्ट गेट-वे प्रकरणमा बहालवाला सचिवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
करिब तीन किलो सुनसहित फिलिपिन्सकी ३० वर्षीया महिला पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल