बागलुङ । बागलुङ माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
स्थानीय बडिगाड खोलामा मंगलबार राति करेन्ट लगाएर माछा मार्न खोज्दा बडिगाड गाउँपालिका–२ का ३२ वर्षीय बलामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।