पोखरा। गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्न आवश्यक तयारी गर्ने भएको छ। सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार बजेट प्रस्तुत गर्दै प्रदेशमा पर्यटकीय पूर्वाधार र सेवाको गुणात्मक वृद्धिका लागि आवश्यक व्यवस्था मिलाउने बताएका हुन् ।
उनले स्थानीय तहसँग समन्वय गरी प्रदेशभित्र रहेका प्रमुख तालहरुलाई कनेक्शन ट्रायलको रुपमा विकास गर्ने बताएका छन्।
मन्त्री बरालले ‘एक स्थानीय तह एक प्रमुख पर्यटकीय पदमार्ग’ निर्माण गर्ने जसका लागि प्रमुख धार्मिकस्थल रिडिदेखि लिगलिग कोटसम्मको गण्डकी ट्रेल, ब्यास गुफा छाब्दी कुर्लुङ रामकोट बन्दीपुर हिलेखर्कहुँदै छिम्केश्वरीसम्म पदमार्ग, बेलढुंगा पन्चकोट पदमार्ग, हटिया बुढीकोट गोरखा पदमार्ग, देवघाट मौलाकाली देवचुली नरम पुवाकोट नारीभन्ज्याङ दाउन्नेहुँदै महाभारतसम्मको पदमार्गको सम्भाव्यताको अध्ययन गरी गुरुयोजना निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गर्ने बताएका छन्।
उनले डीपीआर तयार गरिएका प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार विकासका कार्यक्रम अगाडि बढाउन २ करोड २० लाख बजेट बिनियोजन गरेको बताएका छन्। साथै ग्रामिण पर्यटन प्रवर्द्वन गर्नका लागि प्रदेशभर संचालनमा रहेका घरवास (होमस्टे) कार्यक्रमलाई मानक निर्धारण गरी स्थानीय संस्कृति भेषभुषा र कृषि उत्पादनसँग आवद्ध गरिने बताएका छन्।
यसबाहेक लमजुङको क्होलासोथर, बागलुङको पञ्चकोट, कास्कीको पुम्दिकोट, वेगनास बराहक्षेत्र, काहुँको वुद्धमण्डला, गोरखाको लिगलिगकोट लगायतका क्षेत्रलाई पर्यटनको नयाँ गन्तव्यका रुपमा विकास गरिने व्यवस्था मिलाएको बताए।
यस्तै, गण्डकी प्रदेशभित्र क्यानोनिङ, क्यानोपी वाकिङ, जलयात्रा, जिपलाईन, बन्जीजम्प, बीच टुरिज्म तथा वाइल्ड टुरिज्म जस्ता साहसिक पर्यटन प्रवर्द्धनका लागि सम्भाव्यता अध्ययन गर्ने व्यवस्था मिलाउने र प्याराग्लाडिङको वैकल्पिक स्थानको खोजी गरी थप पर्यटकीय गतिविधि बढाइने बताए।
सम्बन्धित खबर
२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
फेवातालमा जाल हान्दा एसएलआर फेला
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
बिटी कपमा लामागाउँ दोस्रो पटक च्याम्पियन, रामघाट फेरि स्तब्ध
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ