काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार माथि दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनमा कार्यरत पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अष्भिट लामालाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएको छ ।
महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि आज दिउँसो १ः०० बजे त्यहाँ पुुगेका पत्रकारद्वयलाई एक्कासि विभाग आइपुगेका प्रमुख साहले हिमालय टेलिभिजनको बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएकोमा महासंघले निन्दा गरेको छ ।
स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघका महासचिव रोसन पुरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
महासंघले संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहोर्याउन आग्रह गरेको छ ।

निन्दनीय घटना: अध्यक्ष विपुल पोखरेल
महासंघका अध्यक्ष विपुल पोखरेलले सार्वजनिक ठाउँमा रिपोर्टिङ गर्न रोक लगाइनु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।
‘कुनै पनि तर्क र सिद्धान्तका आधारमा समाचारकर्मीलाई समाचार संकलनमा रोक लगाउने र श्रव्यदृष्य डिलिट गर्न लगाउनु प्रेस स्वतन्त्रको ठाडो उल्लंघन हो,’ उनले भनेका छन्, ‘यो निन्दनीय घटना हो ।’ उनले यस्तो हर्कत गर्नेलाई राज्यले पनि एक्सन लिनुपर्ने भन्दै राज्यको ध्यानाकर्षण गराउने बताए ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो