काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार माथि दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनमा कार्यरत पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अष्भिट लामालाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएको छ ।
महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि आज दिउँसो १ः०० बजे त्यहाँ पुुगेका पत्रकारद्वयलाई एक्कासि विभाग आइपुगेका प्रमुख साहले हिमालय टेलिभिजनको बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएकोमा महासंघले निन्दा गरेको छ ।
स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघका महासचिव रोसन पुरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
महासंघले संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहोर्याउन आग्रह गरेको छ ।

निन्दनीय घटना: अध्यक्ष विपुल पोखरेल
महासंघका अध्यक्ष विपुल पोखरेलले सार्वजनिक ठाउँमा रिपोर्टिङ गर्न रोक लगाइनु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।
‘कुनै पनि तर्क र सिद्धान्तका आधारमा समाचारकर्मीलाई समाचार संकलनमा रोक लगाउने र श्रव्यदृष्य डिलिट गर्न लगाउनु प्रेस स्वतन्त्रको ठाडो उल्लंघन हो,’ उनले भनेका छन्, ‘यो निन्दनीय घटना हो ।’ उनले यस्तो हर्कत गर्नेलाई राज्यले पनि एक्सन लिनुपर्ने भन्दै राज्यको ध्यानाकर्षण गराउने बताए ।
सम्बन्धित खबर
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा उद्यमी किरण केसीको उम्मेदवारी
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’
नेपाल एयरलाइन्स मेरो निजी कम्पनी भएको भए म बन्द गरिदिन्थेँ : पर्यटनमन्त्री पौडेल
विमानभित्र उपद्रो गर्ने यात्रुलाई पाइलटले नै पक्राउ गर्न सक्ने, ५ लाखसम्म जरिवाना !
दाउन्नेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु
बालेन सरकार नागरिकलाई जति हेपे पनि हुन्छ भन्ने ठाउँमा पुगिसक्यो : गगन थापा
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
बेगनास तालमा डुबेर युवकको मृत्यु
बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू