गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले पुरिएर सासु बुहारीको नै मृत्यु भएको छ।
सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा गएराति घर माथिबाट खसेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो।
पहिरोमा परेर हराइरहेका उनीहरुको शव शुक्रबार बिहान स्थानीयले पहिरोले पुरिएको अवस्था फेला पारेका हुन्।
यशोदाका श्रीमान् विष्णु अधिकारीले भने भागेर ज्यान जोगाउन सफल भएका छन्। अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ। पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायासमेत पुरेको अनुमान गरिएको छ।
यस्तै, पहिरोका कारण वडा नम्बर ६ का केही घरमा पनि नोक्सानी भएको छ। सिरीजङ्घा गाउँपालिकाको वडा नम्बर ६ र ७ पहिरोको उच्च जोखिममा रहेको बताइएको छ। पहिरोका कारण यी दुई वडाका १०/१५ परिवार विस्थापित भएका छन्।
सम्बन्धित न्युजः
सम्बन्धित खबर
पोखराको बेगनासतालमा एक युवकको शव फेला
दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
नेपालगञ्जमा हिन्दू र मुस्लिमबीच तनाब, स्थानीय प्रशासनद्वारा कर्फ्यू जारी
महिलालाई खाजा खाने भन्दै रेष्टुरेन्टमा लगी करणी गरेको अभियोगमा एक पक्राउ
नेशनल पेमेन्ट गेट-वे प्रकरणमा बहालवाला सचिवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल