रुपन्देही । रुपन्देहीको भैरहवास्थित होटल पौवाको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ।
शुक्रबार साँझ साथीहरुसँग पौडी खेल्न गएका सिद्धार्थनगर नगरपालिका–६ बस्ने २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो।
गर्मी छल्न स्वीमिङ गर्न पुगेका तुलाधर शुक्रबार साँझ सवा ५ बजेतिर डुबेका थिए। उद्धार गरी अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले बाल उद्यान सञ्चालन गर्ने भनेर सम्झौता गरे पनि उद्देश्य विपरीत संरचना बनाएर होटेल चलाइरहेको छ।
तीन दिनअघि पनि रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ मा रहेको बिग चियर रिर्सोटको स्विमिङ पुलमै डुबेर न्यु लाइट विद्यालयका एक शिक्षकको ज्यान गएको थियो।
सम्बन्धित खबर
भारत–क्यानडा विवाद, भारतले भिसा सेन्टर नै बन्द गर्याे
मोटरसाइकल चढेर पैदलयात्रीको सिक्री तान्ने ४ जना पक्राउ
मादक पदार्थ सेवन गरी दुई युवा समूह बीच झडप, एकको मृत्यु, ८ पक्राउ
अर्काको सिमकार्ड आफ्नो नाममा डुप्लिकेसन गरी ६ लाख ठगी, २२ वर्षीय युवक पक्राउ
औषधि विभागद्वारा १ सय ३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न निर्देशन
यती एयरले आजदेखि पोखरा- काठमाण्डौ रात्रिकालीन उडान संचालन गर्ने
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि