पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

pahiro

लमजुङ । अविरल वर्षासँगै झरेको पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ।

बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा शनिबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

खरखरे भीरमा ठुल्ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएपछि यात्रुहरू गन्तव्यतर्फ जान पाएका छैनन्।

डुम्रे–बेसीसहर–चामे सडक योजना कार्यालय लमजुङले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ।

बेसीसहर–चामे सडक लमजुङ र मनाङ जिल्ला जोड्ने एक मात्र सडक हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ