फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति लाग्छ?

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति लाग्छ?

bus-youn-durbabahar

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडासमेत बढेको छ।

यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै पछिल्लो पटक बजेटको पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन गरिएको जनाएको हो।

विभागका अनुसार यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढाएको छ। यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा बढाइएको विभागले जनाएको छ। स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”98317″ /]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ