हवाई भाडा बढ्यो, कुन रूटमा कति? (सूचीसहित)

हवाई भाडा बढ्यो, कुन रूटमा कति? (सूचीसहित)

airport plane kathmandu

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर बढाएको छ।

संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै पर्सि बुधबारदेखि लागू हुने गरी हवाई भाडा बढेको सूचना प्रकाशित गरेको हो।

नयाँ भाडाअनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडा आठ सय ४० रुपैयाँले बढेको छ। काठमाडौं–धनगढी रुटमा हवाई सेवा प्रदायकले अधिकतम १६ हजार आठ सय पाँच रुपैयाँसम्म लिन पाउनेछन्।

यस्तै सबैभन्दा कम काठमाडौं–सिमराको भाडा एक सय ७० रुपैयाँले बढेर अधिकतम चार हजार एक सय ९५ रुपैयाँ पुगेको छ।

आयल निगमले गए रातिदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको भाउ प्रतिलिटर १९ रुपैयाँले बढाएको छ। यस्तै विमानस्थल शुल्क पनि अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच सय तथा अन्यमा चार सय र तीन सय रुपैयाँले बढेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ