साङ्केतिक तस्बिर
पोखरा। बिहीबार बिहान गएको भूकम्पका कारण पोखरामा एउटा घर भत्किएको छ। बिहान ३ :५७ बजेको समयमा गएको भूकम्पका कारण पोखरा महानगरपालिका वडा नं -२४ कास्कीकोट स्थित दोपरे निवासी ३९ वर्षीय पूर्ण हरी सुवेदीको घर भत्किएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
प्रहरीका अनुसार सुवेदीको ढुङ्गा माटोले बनेको र ढुङ्गाले छाएको २ तले ३ कोठा सहितको घर भूकम्पका कारण भत्किएको हो। घर भत्किँदा सुवेदीका १५ वर्षीया छोरी करिश्मा सुवेदी समेत घाइते बनेकी छन्।
घाइते करिश्माको पोखरामा उपचार भैरहेको छ। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घटनाको सूचना लगत्तै प्रहरी र स्थानीय उद्दार कार्यमा खटिएका थिए।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५७ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो।
भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको थियो।
सम्बन्धित खबर
पोखराको बेगनासतालमा एक युवकको शव फेला
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई
एमालेको गण्डकी प्रदेश अधिवेशनमा ओली अनुपस्थित, महासचिव पोखरेल प्रमुख अतिथि
ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण
माछापुच्छ्रे– ७ मा सडेगलेको अवस्थामा शव फेला
एमाले गण्डकी अधिवेशनको तयारी पूरा, ११ जिल्लाबाट ९०७ जना प्रतिनिधि
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल