महोत्तरी कारागारमा कैदीको मृत्यु

महोत्तरी कारागारमा कैदीको मृत्यु

death body

महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरमा रहेको कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेका छन्।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव आज बिहान २ बजे एक्कासी बेहोस भएका थिए।

उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ