आकाशमा अनुपम दृष्यः पाँच ग्रह र चन्द्रमा एउटै लहरमा

आकाशमा अनुपम दृष्यः पाँच ग्रह र चन्द्रमा एउटै लहरमा

5-Planets

काठमाडौं । पाँच ग्रह र चन्द्रमा एउटै लहरमा भएको अनुपम खगोलीय घटना पृथ्वीबाटै देखिएको छ। बुध, शुक्र, चन्द्रमा, मंगल, बृहस्पति र शनि ग्रह सूर्योदयभन्दा अगाडि एउटै बक्ररेखामा आएका हुन्।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार मौसम सफा भएर आकाश खुलेको ठाउँबाट हेर्दा आज बिहान साढे चार बजेदेखि पौने पाँच बजेको बीचमा शनी, बृहस्पति, मङ्गल, शुक्र र बुध पाँचै वटा ग्रह पृथ्वीबाट स्पष्ट देखिएको छ।

बुध ग्रहबाहेक अन्य ग्रहहरु भने पौने चार बजेदेखि नै देखिएका थिए। शुक्र, मङ्गल, शनि र बृहस्पति ग्रह भने अगष्टको दोस्रो हप्तासम्म पनि देख्न सकिनेछ।

आकाश खुलेको ठाउँबाट ग्रहहरुको यो नौलो खगोलीय भेला पृथ्वीबाट नाङ्गो आँखाले नै देखिएको खगोलविद्ले जनाएका छन्। यी ग्रहहरू एउटै लहरमा यसअघि सन् २००४ को डिसेम्बरमा देखिएका थिए।

अब सन् २०४० मा एउटै लहरमा देख्न पाइने अमेरिकन एस्ट्रानोमिकल सोसाइटीले जनाएको छ। सौर्यमण्डलमा रहेका ग्रहहरूले आफ्नै कक्षमा सूर्यको परिक्रमा गर्ने र यही क्रममा ती ग्रहहरु एउटै लहरमा आउने गरेका हुन्। ग्रहहरू एउटै रेखामा बस्नु अर्थपूर्ण हुने ज्योतिषीहरूको मान्यता छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ