काठमाडौं । पाँच ग्रह र चन्द्रमा एउटै लहरमा भएको अनुपम खगोलीय घटना पृथ्वीबाटै देखिएको छ। बुध, शुक्र, चन्द्रमा, मंगल, बृहस्पति र शनि ग्रह सूर्योदयभन्दा अगाडि एउटै बक्ररेखामा आएका हुन्।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार मौसम सफा भएर आकाश खुलेको ठाउँबाट हेर्दा आज बिहान साढे चार बजेदेखि पौने पाँच बजेको बीचमा शनी, बृहस्पति, मङ्गल, शुक्र र बुध पाँचै वटा ग्रह पृथ्वीबाट स्पष्ट देखिएको छ।
बुध ग्रहबाहेक अन्य ग्रहहरु भने पौने चार बजेदेखि नै देखिएका थिए। शुक्र, मङ्गल, शनि र बृहस्पति ग्रह भने अगष्टको दोस्रो हप्तासम्म पनि देख्न सकिनेछ।
आकाश खुलेको ठाउँबाट ग्रहहरुको यो नौलो खगोलीय भेला पृथ्वीबाट नाङ्गो आँखाले नै देखिएको खगोलविद्ले जनाएका छन्। यी ग्रहहरू एउटै लहरमा यसअघि सन् २००४ को डिसेम्बरमा देखिएका थिए।
अब सन् २०४० मा एउटै लहरमा देख्न पाइने अमेरिकन एस्ट्रानोमिकल सोसाइटीले जनाएको छ। सौर्यमण्डलमा रहेका ग्रहहरूले आफ्नै कक्षमा सूर्यको परिक्रमा गर्ने र यही क्रममा ती ग्रहहरु एउटै लहरमा आउने गरेका हुन्। ग्रहहरू एउटै रेखामा बस्नु अर्थपूर्ण हुने ज्योतिषीहरूको मान्यता छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य