पोखरा, १० असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि झण्डै ९ अर्बको बजेट प्रस्तुत गरेको छ । महानगरपालिको शनिबारको ११ औं नगर सभाले आगामी आवको लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । उपमेयर मञ्जुदेवी गुरुङले नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षमा २ अर्ब बढी बजेट बढेको छ । चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो ।
प्रस्तुत बजेटमा केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालयतर्फ १ अर्ब २५ करोड ८७ लाख, सामाजिक विकासमा २ अर्ब ६ करोड, शिक्षामा १ अर्ब ४९ करोड, स्वास्थ्यतर्फ ५० करोड ५ लाख, कृषिमा १६ करोड ७३ लाख, वडा कार्यालयतर्फ ७२ करोड ६० लाख र पूर्वाधातर्फ ४ अर्ब ५३ करोड खर्च व्यहोरिने छ । तीमध्ये सबैभन्दा बढी पूर्वाधारतर्फ ५१ प्रतिशत बजेट छ ।
बजेटमा खर्च व्यहोरिने स्रोतमा संघ सरकार अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख, आन्तरिक आयबाट ३ अर्ब १ करोड रहेको छ । साथै राजस्व बाँडफाँडबाट ३७ करोड ३७ लाख व्यहोरिने महानगर उपप्रमुख गुरुङले सार्वजनिक गरिन् ।
प्रदेश राजस्व बाँडफाँड १ करोड ४२ लाख रकम व्यहोरिने छ । यसो गर्दा २ अर्ब ४० करोड ८१ लाख न्युन हुन जाने देखिन्छ । जुन रकम चालु आवको अन्त्यमा बचत रकमबाट व्यहोरिने उपप्रमुख गुरुङले जनाइन् ।
बजेटका प्राथमिकतामा पर्यटन प्रवद्र्धन, हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण, सम्वद्र्धन तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास रहेका छन् । यस्तै, संस्थागत विकास, सुशासन प्रवद्र्धन तथा गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवद्र्धन, गुणस्तरीय, जवाफदेही र प्रतिस्पर्धी मावनस्रोत विकासमा जोड दिइएको छ ।
शनिबार दिउँसो बजेट प्रस्तुत गर्ने क्रममा बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै एमालेले बजेट पुस्तिका नै च्यातेर बिरोध जनाएपछि अबरुद्ध भएको थियो । पछि त्रुटी सच्चाउने सहमतिपछि बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”98549″ /]
सम्बन्धित खबर
फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च
मणिपाल अस्पताल प्रकरणः प्रहरी पनि चार जना घाइते
संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे ! दोषीमाथि कारबाही नभएसम्म उपचार सेवामा नफर्कने [भिडियो]
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न चीन सहमत
म्याद गुज्रेको सामान बेचेपछि पोखराको मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख जरिवाना
पोखराको मणिपाल र लमजुङ अस्पतालमा डाक्टर कुटिएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि