पोखरा महानगरपालिका वडा नं १५ ठुलीमजुवा स्थित निर्मित राती खहरे पार्कको शनिबार उद्घाटन गरिएको छ । वडाका नवनिर्वाचित वडा अध्यक्ष तोरण बहादुर बानियाँले पार्कको उद्घाटन गरेका हुन् ।
उद्घाटन पछि बोल्दै अध्यक्ष बानियाँले सङ्कल्प अनुरुप उक्त पार्कको निर्माण सम्पन्न गर्न सकिएको दाबी गरे। उनले आफूहरुलाई विश्वास गरेर निर्वाचित गराउने सम्पूर्णप्रति ऋणी रहेको भन्दै जनताको सोच अनुरुप जनताले अघि सारेका विकासका एजेन्डालाई आगामी ५ वर्षमा मूर्तरुप दिने बताए। अध्यक्ष बानियाँले बजेट बिनियोजन गरेर र योजना बनाएर मात्र सफल नहुने भन्दै त्यसलाई कार्यान्वयन गर्न स्थानीयस्तरको महत्वपूर्ण भूमिका रहने बताए। उनले अहिले बनिरहेको पार्कमा शौचालयको अति आवश्यक रहेको तर शौचालय निर्माण गर्ने क्रममा विरोध आएको भन्दै विकासको काममा विरोध गर्न नहुनेमा जोड दिए।
बानियाँले ठुलीमजुवा खहरेलाई वडा नं -१७ सँग जोड्ने योजना रहेको र टेन्डरसमेत परिसकेको अवस्थामा पारी तर्फको जग्गाको विवादका कारण पुलको काम अगाडि बढ्न नसेकेको भन्दै छिट्टै समन्वय गरेर पूल निर्माणको काम अघि बढाइने बताए। उनले पोखरा -१५ मा व्यवस्थित खेल मैदानको अभाव रहेको भन्दै राती खहरेमा पानीको दिर्घकालिन निकास खोली ठूला प्रतियोगिता समेत खेल्न मिल्ने गरी खेल मैदानको निर्माण कार्यलाई अगाडि बढाउनुका साथै यसै क्षेत्रमा पिकनिक स्थल र पोखराकै नमुना फलफूल बगैँचा बनाउने योजना रहेको बताए। यसबाहेक पटनेरीसँग जोड्न रिङ्ग रोडको पनि सम्भाव्यता अध्ययन गरिएको उनले जानकारी दिए।
वडासदस्य आशिष भण्डारीले भौगोलिक हिसाबले ठुलीमजुवा क्षेत्र वडा कार्यालय भन्दा केही टाढा भएपनि विकासका हिसाबले पछिल्लो समय यस क्षेत्रले फड्को मारेको दाबी गरे। उनले समय, बेला र परिस्थितिसँगै विकासका मोडेल पनि परिवर्तन गर्नुपर्ने भन्दै बाटा घाटाको मात्र विकास नभई सम्पूर्ण जनताको भावना अनुरूप मानविय विकासमा लाग्नुपर्नेमा जोड दिए। उनले अहिलेको नेतृत्वले समग्र विकासका कार्यलाई क्रमवद्ध तरिकाले लैजानुपर्ने भन्दै सोही अनुरुप बजेटको बिनियोजन गरिएको बताए।
यस्तै, कार्यपालिका सदस्य मन्दिरा परियारले पहिलो पटक यस स्थानमा आउँदा बाटोको अवस्था अत्यन्त कष्टकर रहेको भन्दै अहिले ठूलो र फराकिलो बाटो बनेको बताइन्। उनले खेल मैदान शुरु गरिएपनि पानीको उचित निकास नहुँदा मैदान कटान गरेकाले अब व्यवस्थित योजनाका साथ मैदानको संरक्षण गर्ने बताइन्। उनले जनताको साथ, सहयोग र समर्थन भएको खण्डमा धेरै काम गर्न सकिने भन्दै निर्वाचनमा एउटा चुनाव चिन्ह लिएर उठेपनि अब सबै जनताको सेवाका लागि सदैव तत्पर रहने बताइन्।
निवर्तमान वडा अध्यक्ष प्रकाश पौडेलले वडा नं १५ लाई व्यवसायिक वडा बनाउने लक्षका साथ राती खहरे क्षेत्रमा मोटरबाटोको ट्रयाक खोली निर्मलपोखरी, भरतपोखरी हुँदै स्याङ्गजाको टक्सार जोड्ने मार्ग बनाउने कामको शुरुवात भएको बताए। सेतीमा पुल निर्माण गरी स्याङ्गजादेखि रामबजारसम्म सडकमार्गले जोड्न सकिने भन्दै मर्निङ्गवाक, इभिनिङवाक गरेर निर्मलपोखरी बहुमाराका गोलभेंडा टिपेर ल्याउन सकिने बताए। उनले पोखराका धेरै मानिस विभिन्न स्थानमा पिकनिकका लागि जाने भन्दै अब राती खहरे क्षेत्रमा अन्य स्थानका मानिस पिकनिकका लागि आउने खालको वातावरणको विकास गर्नुपर्नेमा जोड दिए।
ठुलीमजुवा राती खहरे पार्क संरक्षण समितिका अध्यक्ष रामेश्वर बानियाँले ५ वर्ष यता यस क्षेत्रमा धेरै नै विकासका कामहरु भएको भन्दै यस कार्यलाई निरन्तरता दिन आग्रह गरे।
समितिका सचिव दुर्गा कुमारी मल्लले ठुलीमजुवा आमा समुहको भवनमा ट्रसको आवश्यकता रहेको बताइन्। उनले आगामी दिनमा आफूहरुलाई विभिन्न तालिममा सहभागी गराएर नेतृत्वको विकासका लागि पहल गर्न आग्रह गरिन्।
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि