पोखरा। नेपाल आइस छैटौं शुभकामना अन्तराष्ट्रिय गोल्डकपको उपाधि क्यामरुनको एभिनियर क्ल्बले उचालेको छ ।
हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा आइतबार भएको खेलमा आयोजक हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै एभिनियरले नगद ६ लाख रुपैयाँ सहित उपाधि उचालेको हो । हेम्जाले ३ लाख रुपैयाँ प्राप्त ग¥यो ।
एभिनियरले खेलको सुरुवातमै गोल गरेपनि त्यो अफसाइड रह्यो । पहिला बल चलाएको एभिनियरले सुरुवातमै आक्रमण गरेको थियो । आक्रमक शैलीको फुटबल खेलको एभिनियरले खेलभर हेम्जालाई निकै दबाबमा राख्यो । सेन्टरबाट चलेको बललाई विल्लेले नियन्त्रणमा लिदैँ अघि बढाउँदै साङलाई दिएको पासमा उत्कृष्ट गोल गरेपनि अफसाईड रह्यो । एभिनियरले खेलको छैटौं मिनेटमा नै गोल गर्दै अग्रता लियो । हेम्जाका डिफेन्डर सुमन अर्यालले क्लियर गर्नेक्रममा एभिनियरले कर्नर प्राप्त गरेको थियो । विल्लेले प्रहार गरेको कर्नरमा आनिसेले हेडर मार्फत गोल गरे । निकै दबाबमा परेको हेम्जाले खेलको ३५ औं मिनेटमा गोल गर्दै खेलमा फर्किएको थियो । एभिनियरका डिफेन्डर र गोलरक्षक कोभास्सि झुक्किरहँदा सुशिल राईले उत्कृष्ट गोल गरे । खेलको पहिलो हाफ बराबरीमै रोकिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक बनको खेलको दोस्रो हाफमा हेम्जाको गोलपोस्ट निकै व्यस्त रह्यो । रक्षात्मक खेल खेलेको हेम्जाले दोस्रो हाफमा गोल गर्न नदिदाँ निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको अतिरिक्त ३० मिनेटमा एभिनियरले २ गोल गर्दै ३–१ को स्थिति बनाएपछि उपाधी चुमेको हो । खेलको ९८ औं मिनेटमा साङले गोल गरे । यस्तै १०६ औं मिनेटमा विल्लेले गोलगर्दै जित निश्चित गराएका थिए ।
दिप कार्की सर्वोत्कृष्ट खेलाडी
हेम्जा युनाइटेडका गोलरक्षक दिप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले नगद ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गरे । आयोजक हेम्जा युनाइटेडलाई फाइनलमा पु¥याउनुमा उनको महत्वपूर्ण योग्दान रहेको थियो ।
यस्तै हेम्जा युनाइटेडकै आसिक गुरुङ उत्कृष्ट डिफेन्डर घोषित भए भने सुशिल राई उत्कृष्ट फरवार्ड घोषित भए । एभिनियरका गोलरक्षक कोभास्सि उत्कृष्ट गोलरक्षक, एभिनियरकै नेल्सन उत्कृष्ट मिडफिल्डर र आसिक थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उदीयमान खेलाडी हेम्जाका मनिश थापा घोषित भए । उनीहरु सबैले समान २०÷२० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गरे । प्रतियोगिताको अनुशासित टिम कालिका फुटबल क्लब घोषित हुँदै २५ हजार प्राप्त ग¥यो ।
घोषित हुँदा सर्वाधिक गोलकर्ता भने एभिनियरका विल्ले र हेम्जाका कमल थापा मगर रहे उनीहरुले समान ३÷३ गोल गरे । उनीहरुले २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको पुरस्कार गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्र राजिव गुरुङले प्रदान गरे ।
असार ४ गतेदेखी संचालन भएको प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो