नवलपुर देवचुलीका कृष्ण २० दिनदेखि सम्पर्कविहीन, परिवार चिन्तामा

नवलपुर देवचुलीका कृष्ण २० दिनदेखि सम्पर्कविहीन, परिवार चिन्तामा

Krishna Chalise

नवलपुरको देवचुली १७ निवासी कृष्ण चालिसे २० दिनदेखि सम्पर्कविहीन छन् । जेठ २३ गते घरबाट निस्केका उनी अहिलेसम्म घर फर्केका छैनन् ।

गाई फार्म सञ्चालन गर्दै आएका चालिसेले जेठ २३ गते २ वटा गाई पोखरास्थित भाइको घरमा लगेका थिए । परिवारका अनुसार उनी २४ गते बिहानै घर फर्केका थिए । ‘पोखराको देवरबाबुको घरमा दुई वटा गाई गाडीमा हालेर लैजानुभएको हो । भोलिपल्टै त्यही गाडीमा घर फर्कँदै हुनुहुन्थ्यो ।’ श्रीमती सरुले भनिन्– ‘चेक साट्न भन्दै गाडीबाट ओर्लेर बैंकतिर जानुभएको गाडीका ड्राइभर भन्नुहुन्छ । तर घर आउनुभएन ।’

चालिसेसँग १ लाख ९० हजार पैसा रहेको सरुले बताइन् । नारायणगढ सहिद चोकमा रहेको कृषि विकास बैंकको सीसीटिभी फुटेज हेर्दा ३ः१७ बजे चेक साटेर चालिसे बैंकबाट बाहिरिएका छन् । त्यसपछि उनी कहाँ गए कुनै पत्तो छैन ।

घर नआएपछि फोन गर्दा मोबाइल उक्त दिनदेखि नै अफ रहेको छ । प्रहरीलाई जानकारी गराएपछि कल डिटेल हेर्दा पनि तुरुन्तै मोबाइल अफ भएकाले अन्यत्र गएको बारे थाहा हुन नसकेको परिवार बताउँछ । परिवारसँग कुनै प्रकारको मनमुटाव नभएको पनि सरुले बताइन् ।

८ वर्ष दुबई बसेर नेपाल फर्केका चालिसे ४ वर्षअघिदेखि गाई फार्म सञ्चालन गर्दै आएका छन् । चालिसे बेखबर बन्दा परिवार चिन्तामा छ । सानी छोरी बाबाको अभावमा पिरोलिने गरेको सरु बताउँछिन् ।

कृष्ण चालिसेलाई देख्ने वा भेट्नेले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८२१००६७७१, ९८२१४१७५६५ वा ९८०४४९६०९३ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ