तत्काल मल र बिउ दिन माग गर्दै राप्रपा कास्कीको धर्ना

तत्काल मल र बिउ दिन माग गर्दै राप्रपा कास्कीको धर्ना

29014439

किसानलाई तत्काल मल र बिउ उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीेले धर्ना दिएको छ । सरकारले बर्षात लागिसक्दा समेत किसानलाई बिउ र मल जस्ता अत्यावश्यक बस्तु उपलब्ध गराउन नसकेकाले धर्ना दिएको राप्रपाले बताएको छ ।

पोखरास्थित कृषि ज्ञान केन्द्रको कार्यालय अगाडी किसानका हकहित सुनिस्चित गर्न धर्ना दिएको राप्रपा कास्की प्रवक्ता अरुण गिरीले जानकारी दिए ।

उनका अनुसार धर्नामा सहभागीले किसानलाई समयमै मल बिउविजन वितरण गर, किसानका उत्पादनका उचित बजार मुल्य व्यवस्था गर, कृषिको आधुनिकिकरण गर, किसानलाई उचित तालिमको व्यवस्था गर जस्ता नारा लेखिएका थिए ।

धर्नापश्चात आायोजित कोणसभामा बोल्दै राप्रपा गण्डकीका अध्यक्ष पञ्चाराम गुरुङले सरकार किसानको खिलापमा रहेको बताए । ‘कृषि प्रधान देशमा सरकारले किसानको न आवाज सुन्छ न समस्या बुझ्छ, उनले भने, किसानलाई सधैं गरिबीकै रेखामुनि राख्ने षडयन्त्र सरकारले गरेको छ ।’

कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले किसानका आवश्यकता पुरा नगरेसम्म आन्दोलन जारी रहने बताए । कार्यक्रममा नेताहरु जयलाल पुन, शंकर खराल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ