किसानलाई तत्काल मल र बिउ उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीेले धर्ना दिएको छ । सरकारले बर्षात लागिसक्दा समेत किसानलाई बिउ र मल जस्ता अत्यावश्यक बस्तु उपलब्ध गराउन नसकेकाले धर्ना दिएको राप्रपाले बताएको छ ।
पोखरास्थित कृषि ज्ञान केन्द्रको कार्यालय अगाडी किसानका हकहित सुनिस्चित गर्न धर्ना दिएको राप्रपा कास्की प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
उनका अनुसार धर्नामा सहभागीले किसानलाई समयमै मल बिउविजन वितरण गर, किसानका उत्पादनका उचित बजार मुल्य व्यवस्था गर, कृषिको आधुनिकिकरण गर, किसानलाई उचित तालिमको व्यवस्था गर जस्ता नारा लेखिएका थिए ।
धर्नापश्चात आायोजित कोणसभामा बोल्दै राप्रपा गण्डकीका अध्यक्ष पञ्चाराम गुरुङले सरकार किसानको खिलापमा रहेको बताए । ‘कृषि प्रधान देशमा सरकारले किसानको न आवाज सुन्छ न समस्या बुझ्छ, उनले भने, किसानलाई सधैं गरिबीकै रेखामुनि राख्ने षडयन्त्र सरकारले गरेको छ ।’
कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले किसानका आवश्यकता पुरा नगरेसम्म आन्दोलन जारी रहने बताए । कार्यक्रममा नेताहरु जयलाल पुन, शंकर खराल लगायतले मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने