बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

chatyang photo

बागलुङ । बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

गए राति चट्याङ लागेर काठेखोला गाउँपालिका–४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुनको मृत्यु भएको हो।

पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङमा परी घाइते भएकी थिइन्। उनको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै, अविरल वर्षाका कारण आएको पहिराले गए राति गलकोट नगरपालिका–११ रिघास्थित कृष्णबहादुर कामीको घर पुरिएको छ। तीनतले कच्ची घर पहिरोले पुरिएको हो । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds