प्रतिभा माविका विद्यार्थी धान रोपाईंको प्रत्यक्ष अनुभव गर्न रोपाईं स्थलमा

प्रतिभा माविका विद्यार्थी धान रोपाईंको प्रत्यक्ष अनुभव गर्न रोपाईं स्थलमा

Prativa (2)

पोखराको नदीपुरस्थित प्रतिभा माविका विद्यार्थीले धान रोपाईंको प्रत्यक्ष अनुभव गरेका छन् । सो विद्यालयका मन्टेश्वरीदेखि कक्षा ४ सम्म अध्ययन गर्ने विद्यार्थीहरुले पोखरा चाउथेमा गरिएको धान रोपाईं स्थलमा पुगेर धान रोपाईंको प्रत्यक्ष अनुभव गरेका हुन् ।

‘मानो रोपेर मुरी उब्जाउने’ दिन अर्थात् धान दिवसको अवसर पारेर प्रतिभा माविले विद्यार्थीहरुलाई धान रोपाईंको प्रत्यक्ष अवलोकनका लागि चाउथेस्थित विद्यालयको आफ्नै जग्गामा लगेको थियो । त्यहाँ विद्यार्थीले धान रोपाईंको अवलोकन गर्नुका साथै आफै पनि धान रोपेर धान रोपेको प्रत्यक्ष अनुभव गरेका थिए । ‘विद्यार्थीलाई धान रोपाईंको प्रत्यक्ष अनुभव गराउनु नै हाम्रो उद्देश्य हो’– शिक्षिका निर्मला सुवेदीले भनिन् ।

सो अवसरमा विद्यार्थीलाई दही चिउरा पनि खुवाईएको थियो । बालबालिकाहरु प्रयोगात्मक कक्षाका रुपमा लिइएको आजको कार्यक्रममा सहभागी हुँदा निकै प्रफुल्ल देखिन्थे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds