पोखरा । आफ्नो फेन्सीमा काममा लगाएकै दिन किशोरीमाथि बलात्कार प्रयासको आरोपमा शिला फेन्सी स्टोर्स, चिप्लेढुंगाका सञ्चालक छविलाल गौतम पक्राउ परेका छन् । पीडित किशोरीको परिवारको उजुरीपछि कास्की प्रहरीले गौतमलाई बुधबार बिहान पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले गौतम पक्राउ परेको पुष्टि गरे । बालिकामाथि यौनजन्य दुर्व्यवहार मुद्धामा गौतममाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले गण्डकन्यूजलाई बताए । आमाबाट किटानी जाहेरी प्राप्त भएको तिवारीले जनाए । किशोरीमाथि जबर्जस्ती प्रयास भएपछि परिवारलाई थाहा हुने वित्तिकै प्रहरीकहाँ परिवार पुगेकाे हाे । किशोरीको बुधबार साँझ नै स्वास्थ्य परिक्षण गरिएको छ ।
घटना विवरण
स्याङ्जा घर भई पोखराको रानीपौवामा परिवारसँग बस्दै आएकी ति किशोरी कामको खोजीमा थिइन् । भर्खरी १६ वर्ष टेक्न लागेकी उनी परिवारको आयश्रोतमा सहयोग हुने हेतुले अब काम गर्ने मनसायमा थिइन् । फेन्सीमै काम गर्ने दाइ नाता पर्नेले कामको खोजीमा सघाए ।
चिप्लेढुंगाको एक पसलमा कामदारको खोजी भएको थाहा भएपछि उनी त्यो पसलमा पुगिन् । तर, त्यहाँ काम नमिलेपछि सोहि पसलका सञ्चालकले नजिकैको शिला फेन्सी स्टोर्स देखाइदिए । दुई दिन अघि त्यहाँ पुगेर काम गर्ने चाहना व्यक्त गरिन् । सञ्चालक छविलाल गौतमले बुधबारदेखि काम सुरु गर्न भने । उनलाई बिहान ८ बजेदेखि बेलुकी साढे ७ बजेसम्म काम गर्नुपर्ने भनिएको थियो । पराजुलीमार्ग स्थित गाैतमकाे फेन्सीमा दर्जनौ कर्मचारी कार्यरत छन् ।
काम पाएको खुशीयालीमा पहिलो दिन बुधबार बिहानै ८ बज्नु अघि नै पसल पुगिन् । सञ्चालक छवि पसलमै थिए । सबै काम सिक्नुपर्छ भनेर पसलबारे जानकारी दिन थाले । काम सिकाउने भन्दै माथिल्लो तल्ला लगे । हात समातेर अंगालो हाल्दै अघि बढे । किशोरी आत्तिइन् । भर्याङ चढिरहँदा अधेँरो स्थान पुगेपछि एक्कासी मुखमा चुम्बन गर्दै गोप्य अंगतिर हात बढाउन थालेपछि उनले उम्कने प्रयास गरिन् । यस्तो कुरा नर्मल हो भन्दै गौतमले झनै अंगालोमा कस्न थाले । त्यसपछि, म काम गर्दिनँ भन्दै रुँदै डेरातिर लागिन् ।
घरमा पुगेपछि दिदी र आमालाई सबै कुरा सुनाईन् । मामा माईजुको रायपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा कानुनी उपचार खोज्दै परिवार पुगे । र, किटानी जाहेरी दिए । बिहान साढे आठ बजेतिर घटना भएकोमा किशोरीको आत्मविश्वास र आँटिलो कदमले २ घण्टामै पीडक प्रहरी फन्दामा परे ।
किशोरीका मामाले भाञ्जी भाग्यवश नर्कबाट उम्कन सफल भएपनि अन्य छोरीचेलीहरु सुरक्षित होउन् भनेर कानुनी उपचार खोज्न अघि बढेको बताए ।
(बालिकाको उपस्थितिमा परिवारले दिएको घटना विवरण अनुसार ।)
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो