शुक्रबार पोखरामा ‘भिटामिन जी नाइट’

शुक्रबार पोखरामा ‘भिटामिन जी नाइट’

vitamin-g

आशिष पुरी। पोखरामा भोलि शुक्रबार भिटामिन जी नाइट हुने भएको छ । पोखरा चिप्लेढुंगाको सेलवेज टावरस्थित क्लाउड नाइन रेष्ट्रो एण्ड लाउन्ज बारद्धारा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा आतिथ्य व्याण्ड, द एस व्याण्ड, शोलो गायक सुशिल र मनोज पुनको प्रस्तुति रहने क्लाउड नाइन रेष्ट्रो एण्ड लाउन्ज बारका सञ्चालक महेश्वर सिंह भण्डारीले जानकारी दिए ।

कार्यक्रम एकीन गुरुङ्ग र नीशा गुरुङ्गले सञ्चालन गर्नेछन् । कार्यक्रमलाई टुवोर्ग वियरको मुख्य प्रायोजन, क्यान्भास वाइन, खुकुरी रम, प्यूरो पानी, रक्सी सुकुटी, पेप्सी र एम्स एकेडेमीले सहयोग गरेको छ ।

कार्यक्रम प्रमोशनल पार्टनर ट्रोल पोखरा, मिडिया पार्टनर गण्डकी भ्वाइस डटकम र मेरो साथी टिभि रहनेछ ।

भिटामिन जि हिप-हप ब्याण्ड २०२१ मा स्थापित भएको ब्याण्डका मुख्य गायक विजेन थापा काजीले बताए । ब्याण्डमा काजीसहित युनिक ताङ्वे, विट वक्समा आयुष र गिटारमा अमित रकर छन् ।

सांगीतिक क्षेत्रमा स्वस्थ संगीत (हेल्दी साउण्ड) मार्फत मनोरञ्जन प्रदान गर्नका लागि आफूहरु अग्रसर भएको काजीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ