मुस्ताङ। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय दिन्डुक छिरिङ गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गुरुङले ती किशोरीलाई सोही रेष्टुरेन्टमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।