खोटाङमा ५ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

खोटाङमा ५ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

child rape balatkar

खोटाङ । खोटाङमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन्।

बलात्कार आरोपमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।

उनी बालक नै रहेका कारण नाम नखुलाइएको प्रहरीले जनाएको छ। उनले सोही गाउँकी ५ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

बालिका आफ्नै घरमा खेलिरहेका बेला ललाइफकाइ गरी बाख्राको खोरमा लगेर मुख थुनेर जबरजस्ती करणी गरिरहेको अवस्थामा बालिकाकी आमाले देखेपछि बालक फरार भएका थिए।

परिवारले प्रहरीलाई खबर गर्नासाथ गएको बाक्सिला प्रहरी टोलीले उनलाई केपिलासगढी गाउँपालिका–५ शप्तेश्वरबाट बिहीबार बिहान २ बजे राति पक्राउ गरिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ