पोखरा । खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पोखरा स्पोर्टस् अवार्डमा भलिबलकी अरुणा शाही र टेनिसका प्रदिप खड्का सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।
पोखरा सभागृहमा शनिबार भएको अवार्ड समारोहमा शाही उत्कृष्ट खेलाडी महिला र खड्का उत्कृष्ट खेलाडी पुरुष घोषित भएका हुन्। उत्कृष्ट घोषित भएका दुबैले इलेक्ट्रिक स्कुटर र ट्रफी पाएका छन्।
यस्तै, उदियमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, वर्ष उत्कृष्ट प्रशिक्षक निरज थापा, उत्कृष्ट खेल संघ तेक्वान्दो र उत्कृष्ट खेल पत्रकारमा दिपक परियार घोषित भएका छन्। उनीहरुलाई नगद पैंतिस हजार र ट्रफीले सम्मान गरिएको छ।
यसवर्ष लाईफटाईम अचिभमेन्ट अवार्डबाट अग्रज बक्सिङ खेलाडी तथा होटल व्यवसायी गणेश बहादुर भट्टराईलाई सम्मान गरिएको छ। भट्टराईलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले चाँदीको करुवा, ट्रफी, ताम्रपत्रले सम्मान गरेका हुन्।
अवार्ड समारोहमा गायक विनोद वानियाँ, सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, हाँस्यकलाकार युवराज भण्डारी तथा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रतिष्ठानको कल्चरल नृत्य र डेमोस्ट्रेशन लगायतका प्रस्तुति राखिएको थियो ।
सम्बन्धित खबर
पोखराको बेगनासतालमा एक युवकको शव फेला
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई
एमालेको गण्डकी प्रदेश अधिवेशनमा ओली अनुपस्थित, महासचिव पोखरेल प्रमुख अतिथि
ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण
माछापुच्छ्रे– ७ मा सडेगलेको अवस्थामा शव फेला
एमाले गण्डकी अधिवेशनको तयारी पूरा, ११ जिल्लाबाट ९०७ जना प्रतिनिधि
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल