पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले पृथ्वीचोकस्थित बसपार्क क्षेत्रको अवलोकन गरेका छन् । साे क्रममा पोखरा महानगरपालिकाले अहिले नाला निर्माण र ग्राबेल भरेर सम्याउने काम गरिरहँदा उनले बसपार्कमा महानगरपालिकाले हात हाल्न नहुने बताए ।
बसपार्क क्षेत्रका स्थानीयसँग कुरा गर्दै मन्त्री खड्काले बसपार्कमा महानगरका तर्फबाट पनि बजेट हालेको आफूले थाहा पाएको भन्दै एउटै ठाउँमा वडाले, महानगरले, प्रदेशले र संघले पनि गर्दा भ्रष्टाचार हुने उल्लेख गरे ।
उनले भने – ‘यो नाली र यो भुईँ ढलान तिमीले गर्न पर्दैन नगरपालिकाले गर्छ, तिमी अर्कै ठाउँमा गर भन्यो भने म बागलुङ बसपार्कमा गर्छु, नगरपालिका आए नगरपालिकाले गरेको छ, वडा आयो वडाले गरेको छ, भोलि सहयोगी संस्था आउँछ उनीहरूले गरेको छ । यसरी गर्न हुँदैन काम ।’
नाली र ढलानको काम गर्दा महानगर, वडा, अन्य संस्था आएर ५ लाख रुपैयाँ हाल्दै क्रेडिट लिन खोज्ने परिपाटी हावी हुनसक्नेतर्फ उनले चिन्ता व्यक्त गरे । सोही क्रममा उनले मंसिरमा पद गएपनि बहुवर्षे ठेक्का रोक्न नमिल्ने भन्दै बसपार्क बनाएरै छाड्न अठोट गरे ।
यही साउन, भदौदेखि थप नाली निर्माण ढलानको काम सुरु गर्ने बताउँदै उनले महानगर र संघले बसपार्क निर्माणको प्रक्रियालाई अघि बढाउनुपर्ने उल्लेख गरे । ‘महानगर ५–१० लाख रुपैयाँ छुट्याएर ढलानको काममा मिसिन आउने हैन’ व्यंग्यात्मक शैलीमा खड्काले भने ‘धनराज, शेरबहादुर दाइहरुले बसपार्कको टर्मिनल भवन, जग्गाको काम गर्नेतर्फ लाग्नुपर्छ । सानाे काम हामी गर्छाैँ ।’
एउटा सरकारले हात हालेको ठाउँमा अर्कोले पनि हात हाल्दा भ्रष्टाचार हुने उनको भनाई छ । प्रदेश सरकारले बसपार्कलाई ७५ लाख छुट्याएको र आगामी वर्ष काम गर्न ५ करोड छुट्याउन लागिएको उनले बताए ।
खड्काले यसरी चासो दिनुको अन्तर्य भने बेग्लै रहेको जानकार बताउँछन् । चुनाव आइरहँदा क्रेडिट लिन खड्का अग्रसर भएका हुन् । जेठको २५ गते मन्त्री खड्का, पोखरा महानगरका मेयर धनराज आचार्य र वडाध्यक्ष दीपेन्द्र मर्सानीले संयुक्तरुपमा नाली र ढल निर्माणको शिलान्यास गरेका थिए ।
बसपार्क निर्माणकालागि ४७ वर्ष पहिले जग्गा अधिग्रहण गरिएको हो । पूर्वमा सेती नदी, पश्चिमतर्फ वैरागी बन जाने बाटो, दक्षिणमा एयरपोर्ट सिमाना र उत्तरमा पृथ्वी राजमार्ग भित्रको अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ । बसपार्क क्षेत्रमा करिब ५ सय सुकुम्बासीले जमिन ओगटेर बसेका छन् भने केही व्यापारीसमेत रहेका छन् ।
१८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा अहिलेसम्म पूर्वाधार नबनेकोमा हाल बसपार्कको पश्चिम तर्फको भागबाट नाला निर्माण गर्ने काम सुरु भएको छ । बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्माउने काम समेत भइरहेको छ ।
सम्बन्धित खबर
पोखराको बेगनासतालमा एक युवकको शव फेला
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई
एमालेको गण्डकी प्रदेश अधिवेशनमा ओली अनुपस्थित, महासचिव पोखरेल प्रमुख अतिथि
ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण
माछापुच्छ्रे– ७ मा सडेगलेको अवस्थामा शव फेला
एमाले गण्डकी अधिवेशनको तयारी पूरा, ११ जिल्लाबाट ९०७ जना प्रतिनिधि
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल