पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले पृथ्वीचोकस्थित बसपार्क क्षेत्रको अवलोकन गरेका छन् । साे क्रममा पोखरा महानगरपालिकाले अहिले नाला निर्माण र ग्राबेल भरेर सम्याउने काम गरिरहँदा उनले बसपार्कमा महानगरपालिकाले हात हाल्न नहुने बताए ।
बसपार्क क्षेत्रका स्थानीयसँग कुरा गर्दै मन्त्री खड्काले बसपार्कमा महानगरका तर्फबाट पनि बजेट हालेको आफूले थाहा पाएको भन्दै एउटै ठाउँमा वडाले, महानगरले, प्रदेशले र संघले पनि गर्दा भ्रष्टाचार हुने उल्लेख गरे ।
उनले भने – ‘यो नाली र यो भुईँ ढलान तिमीले गर्न पर्दैन नगरपालिकाले गर्छ, तिमी अर्कै ठाउँमा गर भन्यो भने म बागलुङ बसपार्कमा गर्छु, नगरपालिका आए नगरपालिकाले गरेको छ, वडा आयो वडाले गरेको छ, भोलि सहयोगी संस्था आउँछ उनीहरूले गरेको छ । यसरी गर्न हुँदैन काम ।’
नाली र ढलानको काम गर्दा महानगर, वडा, अन्य संस्था आएर ५ लाख रुपैयाँ हाल्दै क्रेडिट लिन खोज्ने परिपाटी हावी हुनसक्नेतर्फ उनले चिन्ता व्यक्त गरे । सोही क्रममा उनले मंसिरमा पद गएपनि बहुवर्षे ठेक्का रोक्न नमिल्ने भन्दै बसपार्क बनाएरै छाड्न अठोट गरे ।
यही साउन, भदौदेखि थप नाली निर्माण ढलानको काम सुरु गर्ने बताउँदै उनले महानगर र संघले बसपार्क निर्माणको प्रक्रियालाई अघि बढाउनुपर्ने उल्लेख गरे । ‘महानगर ५–१० लाख रुपैयाँ छुट्याएर ढलानको काममा मिसिन आउने हैन’ व्यंग्यात्मक शैलीमा खड्काले भने ‘धनराज, शेरबहादुर दाइहरुले बसपार्कको टर्मिनल भवन, जग्गाको काम गर्नेतर्फ लाग्नुपर्छ । सानाे काम हामी गर्छाैँ ।’
एउटा सरकारले हात हालेको ठाउँमा अर्कोले पनि हात हाल्दा भ्रष्टाचार हुने उनको भनाई छ । प्रदेश सरकारले बसपार्कलाई ७५ लाख छुट्याएको र आगामी वर्ष काम गर्न ५ करोड छुट्याउन लागिएको उनले बताए ।
खड्काले यसरी चासो दिनुको अन्तर्य भने बेग्लै रहेको जानकार बताउँछन् । चुनाव आइरहँदा क्रेडिट लिन खड्का अग्रसर भएका हुन् । जेठको २५ गते मन्त्री खड्का, पोखरा महानगरका मेयर धनराज आचार्य र वडाध्यक्ष दीपेन्द्र मर्सानीले संयुक्तरुपमा नाली र ढल निर्माणको शिलान्यास गरेका थिए ।
बसपार्क निर्माणकालागि ४७ वर्ष पहिले जग्गा अधिग्रहण गरिएको हो । पूर्वमा सेती नदी, पश्चिमतर्फ वैरागी बन जाने बाटो, दक्षिणमा एयरपोर्ट सिमाना र उत्तरमा पृथ्वी राजमार्ग भित्रको अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ । बसपार्क क्षेत्रमा करिब ५ सय सुकुम्बासीले जमिन ओगटेर बसेका छन् भने केही व्यापारीसमेत रहेका छन् ।
१८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा अहिलेसम्म पूर्वाधार नबनेकोमा हाल बसपार्कको पश्चिम तर्फको भागबाट नाला निर्माण गर्ने काम सुरु भएको छ । बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्माउने काम समेत भइरहेको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प