पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । अर्थमन्त्री रामजी बरालले असार १ गते ल्याएको बजेटमाथि किचलाे हुँदा २१ गतेबाट मात्रै छलफल सुरु भएको थियो । शुक्रबारकाे बजेटमाथिकाे छलफल बैठकमा एमाले सांसदहरुले बजेटमा त्रुटि रहेको बताएका हुन् ।
एमालेका सांसद रामशरण बस्नेतले बजेटका स्रोतको १२ प्रतिशत मात्रै ऋण लिन सकिने व्यवस्था विपरीत धेरै ऋण लिने प्रदेश सरकारको बजेट संवैधानिक हिसाबमै त्रुटिपूर्ण रहेको बताए । ‘संविधान विपरीतको बजेटमाथि छलफल गर्न हुँदैन, प्रदेश सरकारले ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको छ । १४ अर्ब ३३ करोड राजस्वको स्रोतको १२ प्रतिशतमात्रै ऋण लिने व्यवस्था गर्नुपर्नेमा २ अर्ब रुपैयाँ ऋण लिने भनेर स्रोतको व्यवस्था गरिएको छ । याे संविधान विपरित छ ।’ – उनले भने ।
त्रुटि भएसम्मको हदमा बजेटको अंक घटाएर वा योजनाहरु कटौती गरे मात्र संसद चल्न सक्ने नत्र संसद चल्न नसक्ने उनले बताए ।
सम्बन्धित खबर
अनेरास्ववियु जनप्रियको आठौं सम्मेलन आयोजक कमिटी गठन
पत्रकार अथकलाई ‘तीर्थसागर स्मृति लोक तथा दोहोरीगीत पत्रकारिता पुरस्कार’
फेवातालको ६५ मिटर प्रभावित स्थानीय विरोधमा, मोटरसाइकल र्याली निकाले
विद्यालय नाटक महोत्सव सम्पन्न, महोत्सवमा कुल १५ नाटक मञ्चन
ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाईनल राउण्डमा ११ कलेज, शनिबार फाईनल भिडन्त
मणिपाल अस्पताल तोडफोड गरेको आरोपमा ७ जना पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि