नेपाल प्रहरीका ३२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिले ३२ एसपीको एकैपटक एसएसपीमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द छन् भने ३२औँ नम्बरमा शारदा प्रसाद चाैधरी छन् ।
दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर तथा चौथोमा उमाप्रसाद चतुरबेदीकाे नाम छ । पाँचौ नम्बरमा दानबहादुर कार्की छन् ।
रौतहटमा पत्रकारलाई लागु औषध राख्न लगाएर पक्राउ गरेको घटनामा मुछिएका सिद्धिविक्रम पनि एसएसपीमा बढुवाको सिफारिसमा परेका छन्। उनी आइजिपी धिरज प्रताप सिंहका आफन्त समेत हुन्।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरककी बालिका निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी दिल्लीराज बिष्ट पनि एसएसपी बढुवाको सूचीमा परेका छन् । उनको नाम १८औँ नम्बरमा छ ।
गणेश चन्द सबैभन्दा सिनियर हुन्। उनका ब्याचका डिआइजी भइसकेका छन्। उनकी श्रीमती दुर्गा सिंह हालैको बढुवामा डिआइजीमा बढुवा भइसकेकी छिन्। निर्मलाको बलात्कार र हत्या केसमा निलम्बनमा परेर बढुवामा पछिपरेका दिल्ली बिष्ट यो पाली बढुवा सिफारिसमा अटाएका छन।


बढुवा सिफारिसमा अनुसन्धानबाट आएकाहरू हाबी
एसएसपी बढुवा सूचीमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएकाहरू हाबी देखिएका छन्। खुमबहादुर खड्का गृहमन्त्री हुँदा राजनीतिक रूपमा विभागमा भर्ती पाएकाहरूलाई पछि विवादित रूपमा नेपाल प्रहरीमा ल्याइएको थियो।
बढुवा सिफारिसमा परेकामध्ये २ नम्बरका शाह, तीन नम्बरका राठौर, ४ नम्बरका चतुर्वेदी, ९ नम्बरका जीवनकुमार श्रेष्ठ, ११ का ओमबहादुर राना, १९ नम्बरका मनोजकुमार यादव, २१ नम्बरका दीपेन्द्र घर्ती क्षेत्री, २३ नम्बरका दिलीपसिंह देउवा, २९ नम्बरका सुरेन्द्रबहादुर गुरुङ अनि ३२ नम्बरमा बढुवाको सिफारिसमा परेका शारदा प्रसाद चौधरी राअबिबाट नेपाल प्रहरीमा ल्याइएकाहरू हुन्।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन