पाेखरा । पाँच दल सम्मिलित नेपाल काँग्रेस नेतृत्वको वर्तमान गण्डकी प्रदेश सरकारले गरेको निर्णयहरु एकपछि अर्को विवादित छन् । आफू पूर्व हुँदै गर्दा पूर्वपदाधिकारीलाई सेवासुविधा दिने, जनतालाई मार पर्ने गरी सवारी साधनमा चर्को कर वृद्धिको निर्णय हुँदै बजेटसम्म आइपुग्दा वर्ष दिनमै सरकारले चर्को विरोधको सामना गर्नुपरेको छ ।
मुख्यमन्त्री, मन्त्री, केन्द्रीय नेता तथा जिल्लाका नेताहरुका पारिवारिक सदस्यका नाममा ट्रस्टदेखि स्मृतिपार्क, प्रतिष्ठान बनाउन बजेट बिनियोजन गरेको पाइएपछि जनस्तरमा चर्को विरोध भएको छ । कोभिड महामारीका कारण आमनागरिकको आयआम्दानीमा असर परिरहेका बेला ईन्धनमा चर्को मूल्य वृद्धिले अहिले थप कठिन समयको सामना गरिरहेको अवस्था छ । यही बेला जनमुखी बजेटले नागरिकका समस्या सम्बोधन गर्नुपर्ने बेलामा मन्त्रीहरु आफ्नै बा आमाका नाममा ट्रस्ट बनाउने, चुनावमा जनमत प्रभावित गर्न बजेटजति आफ्नै क्षेत्रमा खन्याउन उद्धत देखिएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका ‘बा’, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठका ‘बाआमा’, नेताहरु अर्जुनप्रसाद जोशीका ‘बा’, सीता काफ्ले लामिछानेका ‘पति’का नाममा ट्रस्ट, स्मृतिपार्क तथा प्रतिष्ठान बनाउनका लागि यो वर्ष बजेट छुट्याइएको छ । भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले प्रदेशको मन्त्री हुँ भन्ने बिर्सेर वडा मात्र बनाउने वडाअध्यक्ष झैं गरी बजेटजति पोखरा वडा नं. १६ मा खन्याएका छन् । अर्थमन्त्रीसँगको टकरावपछि करिब २८ करोड रुपैयाँको कार्यक्रम राखेर अनुसूची थपिएकोमा ६ करोड पोखरा १६ मै थप भएको छ । वडामा मात्रै सबै मन्त्रालयबाट गरी २५ करोड जति बजेट विनियोजन भएको छ।
मुख्यमन्त्री पोखरेलले आफ्ना स्वर्गीय पिता गोवर्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्। उनले आफ्नो जन्मस्थान तनहुँको ब्याँस नगरपालिका– १० मा गोवर्धन स्मृति कोषका लागि सामाजिक विकास कार्यालय तनहुँमार्फत खर्च गर्ने गरी ५० लाख रुपैयाँ बजेट विनियोजन गर्न लगाएका छन्।

गतवर्ष पनि मुख्यमन्त्री पोखरेलले आफ्ना बाबुको स्मृतिमा तनहुँ जिल्ला अस्पतालभित्र भवन निर्माण गरेर आँखा उपचार केन्द्र खोल्न लगाएका थिए।
अर्थमन्त्री रामजी बराल जीवनको पद खाइदिने धम्की दिएरै गण्डकीका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बाबु–आमाको नाममा खोलेको ट्रष्टमा एक करोड विनियोजन गर्न सफल भएका छन् । पछि सेतो किताबमा थपिएको २८ करोड बजेटमध्ये एक करोड रुपैयाँ श्रेष्ठका स्वर्गीय बाबु पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा दुई फरक शीर्षकमा ५०÷५० लाख गरी एक करोड रुपैयाँ विनियोजन गरिएको हो । ५० लाख मन्त्री श्रेष्ठ स्वयंको मन्त्रालयबाट खर्च हुनेछ भने ५० लाख भवन निर्माण शीर्षकमा भौतिक पूर्वाधार मन्त्रालयबाट जानेछ । मन्त्री श्रेष्ठले ट्रष्टको भवन स्याङ्जाको भीरकोट नगरपालिका– १ मा बनाउने छन्।


नेपाली कांग्रेस, पर्वतका नेता अर्जुनप्रसाद जोशीले पनि स्वर्गीय बाबु अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क बनाउन २० लाख रुपैयाँ बजेट प्रदेशबाट पार्न सफल भएका छन् । कुश्मा नगरपालिका– ८ मा स्मृति पार्क बनाउनका लागि २० लाख रुपैयाँ अहिले छुट्टाइएको छ ।
त्यस्तै, पर्वतकै अर्का नेता स्व. डिल्लिराम लामिछानेको नाममा पनि प्रतिष्ठान बनाउनका लागि २० लाख बजेट विनियोजन भएको छ । लामिछानेकी पत्नी सीताकुमारी काफ्ले कांग्रेसको प्रदेश नेता एवं कुश्माकी निवर्तमान उपमेयर हुन् ।

एमाले विरोधमा
विपक्षी दल नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै विरोधमा उत्रेको छ । बजेट कानुनी रुपमा त्रुटी भएको, प्रतिपक्षीको समन्वय र सहकार्यलाई कमजोरी ठानेर सत्तापक्षले मनमौजी गरेको एमालेको बुझाई छ ।
आफ्नै झगडाका कारण बजेट सार्वजनिक गरेको २० दिनसम्म बजेटमाथि छलफल समेत गर्न नसकेको सरकार निकम्मा बनेको एमालेको ठहर छ । संवैधानिक व्यवस्थाअनुसार बजेट आउनुपर्नेमा जोड दिँदै एमालेले बजेट छलफल गर्ने भए कानुनी त्रुटी सच्याउन पनि अनुरोध गरेको छ । एमालेको अवरोधका कारण शुक्रबार अवरुद्ध प्रदेश सभा बैठक आइतबारका लागि डाकिएको छ ।
सम्बन्धित समाचारः
गण्डकीको बजेटमा मन्त्रीहरुको रजाईं, मेखलाल श्रेष्ठको बुबाआमा नाममा १ करोड, कुमार खड्काको वडामा २५ करोड
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो