पोखरा । गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा समाजिक विकाश मन्त्री मेखलाल श्रेष्ठले आफ्ना स्वर्गीय बुवा र आमाको नाममा स्थापित ट्रष्टका लागि बजेट छुट्याउने निर्णय फिर्ता गरिने बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफ्नो राजनीति सधैं जनताको सेवाको लागि, कर्म समाज विकासको लागि रहेको भन्दै गल्ति भएको भए माफी दिन र सच्चिने मौका दिन समेत आग्रह गरेका छन् ।
गण्डकी प्रदेश सरकारको बजेटमा समावेश भएका विषयहरू सार्वजानिक भए लगत्तै आफ्नो बारेमा विभिन्न भ्रम सृजना भएको उल्लेख गर्दै उनले आफू उक्त विषयमा गम्भिर रहेको लेखेका छन् । मन्त्री श्रेष्ठले आफ्ना बुवा आमाको नाममा स्थापित ट्रष्टका लागि छुट्याइएको शिर्षकको बजेट आगामी वर्षको बजेटबाट हटाई स्रोत व्यवस्थापन नगर्न समेत अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका स्वर्गीय पिता गोवर्द्धन शर्माको नाममा स्थापित स्मृति कोषका लागि ५० लाख, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका स्वर्गीय मातापिताको नाममा स्थापित ट्रस्टका लागि १ कराेड, कांग्रेस गण्डकी प्रदेश सभापतिमा पराजित नेता अर्जुनप्रसाद जोशीका पिता स्वर्गीय अमृतप्रसाद जोशीको नाममा निर्मित स्मृति पार्कका लागि २० लाख, पर्वतका कांग्रेस नेता स्वर्गीय डिल्लिराम लामिछानेको नाममा पनि प्रतिष्ठान बनाउन २० लाख प्रदेश सरकारले बजेट व्यवस्था गरेको सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा ब्यापक आलोचना भएको छ ।
पर्वतका नेता अर्जुन जाेशीले पनि २० लाख नलिने घाेषणा गरेका छन् । तर, मुख्यमन्त्री भने अझै माैन छन् ।

सम्बन्धित समाचारः
गण्डकीमा मुख्यमन्त्रीका ‘बा’ देखि मन्त्री, नेताहरुका ‘बाआमा’, ‘पति’का नाममा ट्रस्ट, पार्क, प्रतिष्ठान
गण्डकीको बजेटमा मन्त्रीहरुको रजाईं, मेखलाल श्रेष्ठको बुबाआमा नाममा १ करोड, कुमार खड्काको वडामा २५ करोड
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो