पोखरा । राष्ट्रिय जनमाेर्चा पार्टीकी गण्डकी प्रदेशकी सांसद पियारी थापा पनि व्यक्तिगत काेषमा बजेट खन्याउने माननीय रहेकाे खुलेकाे छ ।२०६६ सालमा जनमोर्चाको सांस्कृतिक समूह रक्तिमका प्रशिक्षक हेमराज पुन आश्रमसँग विवाह गर्दा उनीहरूले गाउँमैत्री अक्षयकोष (जिमाक) शुरू गरेका थिए । विवाहका सन्दर्भमा १० हजारबाट उक्त कोष सुरु भएको थियो ।
उनी सांसद बनेपछि उक्त अक्षयकोषमा प्रदेश सरकारबाट डेढ कराेड विनियाेजन भइसकेकाे छ । आर्थिक वर्ष २०७७/०७८ मा १० लाख, चालु आर्थिक वर्ष २०७८/०७९ मा ५० लाखको काम गरिसकेका छन् भने आगामी आर्थिक वर्ष २०७८/०७९ मा दुई शीर्षकमा ७० लाख विनियोजन भएको हो । अहिले उक्त संस्थाको भवन निर्माण भइरहेको छ ।
व्यक्तिगत रुपमा स्थापित भएको उक्त अक्षकोष अहिले सामुदायिकमा रुपान्तरण गरेको सांसद थापाकाे जिकिर छ । तर स्थानीयले भने सामुदायिक रुपमा भने पनि व्यक्तिको मनोमानी भएको आरोप लगाएका छन् । अक्षकोषको अध्यक्ष श्रीमान हेमराज पुन (आश्रम) छन् भने संरक्षक पियारी नै छिन् ।
कला, साहित्य र संगीतको संरक्षण तथा पहिचानका लागि अक्षयकोष स्थापना गरेको बताइन्छ । गाउँबासी भने पियारीकाे प्राथमिकतामा अरू नपर्दा गुनासाे गर्छन् । सांसद थापाले अन्य योजनालाई भन्दा यसैलाई बढी प्राथमिकता दिएको गाउँले बताउँछन् । श्रीमान् र परिवारले सञ्चालन गरेको कोषलाई बर्षैै पिच्छे बजेट आउने तर गाउँका अरु थुप्रै समस्याका बारेमा चासो नदेखाएकाे उनीहरूकाे गुनासाे छ ।
सम्बन्धित समाचारः
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि