पोखरा । देशभर आज सोमबार मौसम बदली रही धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।
अहिले बिहान हाल देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू(भागका केही स्थानहरुमा र बाँकी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तै, राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
नेपाल-चीनबीच १३ बुँदे सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर
मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’
भारत–क्यानडा विवाद, भारतले भिसा सेन्टर नै बन्द गर्याे
मोटरसाइकल चढेर पैदलयात्रीको सिक्री तान्ने ४ जना पक्राउ
मादक पदार्थ सेवन गरी दुई युवा समूह बीच झडप, एकको मृत्यु, ८ पक्राउ
अर्काको सिमकार्ड आफ्नो नाममा डुप्लिकेसन गरी ६ लाख ठगी, २२ वर्षीय युवक पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि