पोखरा। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिवारिक ट्रष्टका लागि अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले एक रुपैयाँ दान अभियान चलाएको छ।
युनियनले सोमबार पोखराको रत्नचोकमा एक विरोध सभाको आयोजना गर्दै एक रुपैयाँ दान अभियान चलाएको हो। अभियानलाई स्थानीय तथा पैदल यात्रुहरुले समेत सवारी रोकेर रू एक-एक रुपैयाँ दान गरेका थिए।
विरोध सभामा सहभागीहरुले ‘राज्यको सम्पत्ति फिर्ता गर’, ‘लुटतन्त्र बन्द गर’, ‘गण्डकी प्रदेश सरकार होशियार’, ‘जनताको पैसा फिर्ता गर’, ‘बाउ आमाको नाममा राखिएको सरकारी करोडौं रकम फिर्ता गर’, ‘सबैले रु. एक -एक सहयोग गरौँ’, ‘प्रदेश सरकार गरिब हो’ लगायतका नारा लगाएका थिए।
स्मरणीय छ: गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, केन्द्रीय नेता तथा जिल्लाका नेताहरुका पारिवारिक सदस्यका नाममा ट्रस्टदेखि स्मृतिपार्क, प्रतिष्ठान बनाउन बजेट बिनियोजन गरेको पाइएपछि जनस्तरमा चर्को विरोध भएको थियो । विरोध पछि मुख्यमन्त्री लगायत केही मन्त्रीहरुले निर्णय फिर्ता गर्ने घोषणा गरेका छन् ।
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि