पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री, सांसद, नेताहरूले परिवारकाे नाममा बजेटमाथि रजाइँ गरेको विषयकाे अहिले व्यापक आलोचना भइरहेकाे छ । नागरिक समाजदेखि विद्यार्थीहरू सडकमा उत्रिएर रचनात्मक विराेध गरेका छन् । सामाजिक सञ्जालमा सत्ताधारी पार्टीका नेता, कार्यकर्तालेसमेत विराेध गरिरहेका छन् । यही ताल हाे प्रदेश संरचना खारेज गर्नुपर्नेसमेत जाेडदार माग उठिरहेकाे छ ।
सत्ताधारी दल जसपाकी सांसद धनमाया लामाले पनि आफ्नो परिवारको सदस्यको नाममा बजेट छुट्याएको पाइएको छ । अहिले विनियोजित बजेटमा आफ्ना साहिँला जेठाजु भीमसेन पोखरेलको नामको भीमसेन स्मृति प्रतिष्ठानलाई ५० लाख रुपैयाँ बिनियोजन गरेको खुलेकाे छ ।
उनले गोरखाको सिरानचोक गाउँपालिका ५ थुम्कामा युद्ध संग्रहालय स्थापना गर्ने शीर्षकमा एक करोड रुपैयाँ बजेट सिफारिस गरेकी थिइन्। प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको हो। सो प्रतिष्ठानका लागि गत वर्ष पनि १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो।
याे बजेटमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली(पोखरेल)ले आफ्ना बुबा गोबर्द्धन शर्माको स्मृतिमा तनहुँको व्यास नगरपालिका- १० मा स्थापित कोषलाई ५० लाख रुपैयाँ विनियोजन गराएका छन्।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बुबा-आमाका नाममा स्थापित पुननारायण-धनकुमारी श्रेष्ठ परोपकारी कोषमा ५० लाख रुपैयाँ र सोही कोषको भवन निर्माणका लागि भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट कार्यान्वयन गर्ने गरी थप ५० लाख रुपैयाँ विनियोजन गरेका छन्।
पर्वतका कांग्रेस नेता अर्जुन जोशीका बुवा अमृत जोशीको स्मृति पार्कका लागि २० लाख रुपैयाँ बजेट विनियाेजन भएकाे छ ।
काँग्रेस नेतृ एवं कुस्मा नगरपालिकाकी पूर्वउपप्रमुख सीता काफ्लेका दिवंगत पतिको नाममा स्थापित डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानको भवन निर्माणका लागि २० लाख रुपैयाँ विनियाेजन भएकाे छ ।
सांसद विनोद केसीका सहोदर दाइ मदन केसीका नाममा म्याग्दीको बेनी नगरपालिका-७ मा स्थापित सहिद मदन केसी स्मृति भवन निर्माणका लागि १२ लाख रुपैयाँ बिनियोजन भएको छ ।
बागलुङकी जनमाेर्चा सांसद पियारी थापाको सिफारिसमा श्रीमान् हेमराज पुन प्रमुख रहेकाे काठेखोला गाउँपालिका-४ स्थित जिमाक सांस्कृतिक संग्रहालयका लागि दुई शीर्षकमा ७० लाख रुपैयाँ बिनियोजन भएको छ।
यद्यपि, शिक्षा एवं सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, नेता अर्जुन जाेशीले विराेधका स्वर सुनिएपछि नलिने घाेषणा गरिसकेका छन् । मुख्यमन्त्रीले पनि हटाउन निर्देशन दिइसकेका छन् ।
सम्बन्धित समाचारः
गण्डकीमा मुख्यमन्त्रीका ‘बा’ देखि मन्त्री, नेताहरुका ‘बाआमा’, ‘पति’का नाममा ट्रस्ट, पार्क, प्रतिष्ठान
गण्डकीको बजेटमा मन्त्रीहरुको रजाईं, मेखलाल श्रेष्ठको बुबाआमा नाममा १ करोड, कुमार खड्काको वडामा २५ करोड
जनमाेर्चा सांसद पियारीले बिहे गर्दा स्थापित काेषलाई झण्डै डेढ कराेड, याे बजेटमा ७० लाख
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती