बागलुङमा डेंगुका बिरामी भेटिए

बागलुङमा डेंगुका बिरामी भेटिए

denguee

बागलुङ । बागलुङमा दुई जनामा डेंगु भेटिएको छ। गर्मी बढेसँगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो।

धौलागिरी अस्पतालमा उपचार गर्न आएका एक महिला र एक पुरुषमा डेंगु पुष्टि भएको सो अस्पतालले जनाएको छ।

संक्रमित बागलुङ नगरपालिका वडा नम्बर ७ र ९ का हुन्। उनीहरुमध्ये एक जना शनिबार र अर्का आइतबार अस्पताल भर्ना भएका हुन्।

उनीहरुको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ