पोखरा । राष्ट्रिय जनमाेर्चाकी गण्डकी प्रदेश सांसद पियारी थापाले उनको बिहेकाे अवसरमा १० हजार अक्षयकाेषबाट स्थापित गाउँमैत्री अक्षकोष संस्था जिम्याकलाई विनियोजन गरिएको बजेट स्वास्थ्य चौकीलाई दिन अनुरोध गरेकी छिन् ।
पारिवारिक कोषमा बजेट हालेपछि आलोचित भएकी उनले प्रदेश सभामा स्पष्टिकरण दिदैं उक्त बजेट तङग्रामकै स्वास्थ्य चौकीलाई दिन अनुराेध गरेकी हुन् ।
‘सरकारले बनाएको बजेट हो यसको जवाफ पनि सरकारले नै दिनुपर्छ’, उनले भनिन् । सांसदको काम त्यस ठाउँका समस्या अगाडि ल्याउने हो, बजेट विनियोजन सरकारको काम हो सांसदलाई प्रश्न गर्नु संविधानको विपरीत भएको उनको भनाइ छ । संस्थाले गलत काममा आवाज उठाउँदै आएको भष्ट्रचार गरेको प्रमाणित भएमा सजाय भोग्न तयार रहेको उनले बताइन् ।
सांसद थापाको पारिवारिक रुपमा रहेको गाउँमैत्री अक्षकोष संस्थालाई २ शीर्षकमा गरी ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राममा रहेको उक्त अक्षयकोषको अध्यक्ष पियारीकै श्रीमान हेमराज आश्रम हुन् ।
सम्बन्धित समाचारः
जनमाेर्चा सांसद पियारीले बिहे गर्दा स्थापित काेषलाई झण्डै डेढ कराेड, याे बजेटमा ७० लाख
सम्बन्धित खबर
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने