पोखरा । राष्ट्रिय जनमाेर्चाकी गण्डकी प्रदेश सांसद पियारी थापाले उनको बिहेकाे अवसरमा १० हजार अक्षयकाेषबाट स्थापित गाउँमैत्री अक्षकोष संस्था जिम्याकलाई विनियोजन गरिएको बजेट स्वास्थ्य चौकीलाई दिन अनुरोध गरेकी छिन् ।
पारिवारिक कोषमा बजेट हालेपछि आलोचित भएकी उनले प्रदेश सभामा स्पष्टिकरण दिदैं उक्त बजेट तङग्रामकै स्वास्थ्य चौकीलाई दिन अनुराेध गरेकी हुन् ।
‘सरकारले बनाएको बजेट हो यसको जवाफ पनि सरकारले नै दिनुपर्छ’, उनले भनिन् । सांसदको काम त्यस ठाउँका समस्या अगाडि ल्याउने हो, बजेट विनियोजन सरकारको काम हो सांसदलाई प्रश्न गर्नु संविधानको विपरीत भएको उनको भनाइ छ । संस्थाले गलत काममा आवाज उठाउँदै आएको भष्ट्रचार गरेको प्रमाणित भएमा सजाय भोग्न तयार रहेको उनले बताइन् ।
सांसद थापाको पारिवारिक रुपमा रहेको गाउँमैत्री अक्षकोष संस्थालाई २ शीर्षकमा गरी ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राममा रहेको उक्त अक्षयकोषको अध्यक्ष पियारीकै श्रीमान हेमराज आश्रम हुन् ।
सम्बन्धित समाचारः
जनमाेर्चा सांसद पियारीले बिहे गर्दा स्थापित काेषलाई झण्डै डेढ कराेड, याे बजेटमा ७० लाख
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने