देशभर बदली र वर्षाको सम्भावना

देशभर बदली र वर्षाको सम्भावना

rain-mausam

पोखरा । देशभरको मौसम बदली रही आज बिहीबार धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।

अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा र हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बिहिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। प्रदेश १ लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ