Gandak News
Our News Your Views
Promote your business here Gandaknews

५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई किशाेर पक्राउ

बारा । महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना किशाेरलाई पक्राउ गरेको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका-१ स्थित आफ्नै गोठघरमा सुतिरहेकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर छन् । २५ असारमा गोठघरमा एक्लै सुतिरहेकी महिलामाथि दुबैले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरी फरार उनीहरूलाई पक्राउ गरी जबर्जस्ती करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी निगरानी कक्षमा राखिएको बारा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस