पोखरा । देशभरको मौसम बदली रही आज सोमबार धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्युन चापिय रेखा (Axis of Monsoon Trough) सरदर स्थान (normal position) भन्दा दक्षिण तिर अवस्थित रहेको छ।
अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती, गणडकी प्रदेशका थोरै स्थसनहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी क्षेत्रका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
सुन किन्ने बहाना बनाइ चोरी गर्ने ४ जना पक्राउ
टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ
सर्वोच्चले सोध्यो : ‘बाबुराम भट्टराई र माधव नेपालमाथि किन मुद्दा चलाइएन ?’
नेपाल-चीनबीच १३ बुँदे सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर
मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’
भारत–क्यानडा विवाद, भारतले भिसा सेन्टर नै बन्द गर्याे
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि